www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण : साना किसान कृषि सहकारीको १०औँ साधारण सभा सम्पन्न

पोखरा ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका ४, सल्यानमा अवस्थित सहकारीको १०औँ साधारण सभा बिहिबार सम्पन्न भएको हो ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसीले साधारण सभाको उद्घाटन गरे ।

Batas

सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले किसानहरुको उत्थानका लागि सञ्चालनमा ल्याइएको सहकारीले कृषि केन्द्रित योजनाहरुलाई थप सशक्त बनाउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताए । गाउँपालिकाले यस आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यक्रमहरुलाई विशेष सम्बोधन गरिएको उल्लेख गर्दै आगामी दिनहरुमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै भरत बहादुर केसी, पशुपती केसी, कृष्ण केसी, मान बहादुर केसी लगायतले कृषिलाई थप आधुनिकरण गर्दै व्यवसायिक बनाउनु पर्ने सुझाए ।

संस्थाका अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.