www.tandavnews.com
Fact ~ In search of truth

एमाले सचिवालयको बैठक: समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने

भक्तपुर।
नेकपा (एमाले)को सचिवालयको बैठकले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा गए राती अबेरसम्म बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले अन्तिम बन्दसूची हेरफेर सहित आज बुझाउने जानकारी दिए।

सचिवालयको बैठकले बन्दसूची हेरफेरको जिम्मा भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। एमालेले समानुपातिक निर्वाचन तर्फको असोज ३ मा निर्वाचन आयोगमा बुझाएको थियो ।

Batas

सचिवालय बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका उम्मेदवारका बारेमा पनि प्रारम्भिक छलफल भएको एमालेले जनाएको छ ।

बैठकले प्रारम्भिक सूचिमा अध्यक्ष ओलीलाई आवश्यक थपघट गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको बताउँदै पार्टी प्रवक्ता गुरुङले उम्मेदवारको प्राथमिकता तोकेर निर्वाचन विभागमार्फत पार्टी केन्द्रले अन्तिम निर्णय गर्ने उनले जानकारी दिए।

सचिवालय बैठकमा को को उम्मेदवार हुन सक्छन् भन्नेमा प्रारम्भिक छलफल भएको भन्दै उनले प्रदेश सभाका ३३० सिट र प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारबारे सचिवालयको अर्को बैठक बसेर टुङ्गो लगाउने उनले बताए।

जिल्लाबाट सिफारिस भएर आएका उम्मेदवारका नामबारेमा बैठकमा विस्तृत छलफल भएको र बैठकले उम्मेदवार हुनसक्ने नेताहरूका बारेमा पनि छलफल गरेको एमालेले जनाएको छ ।

१६ असोजभित्र समानुपातिकको बन्दसूची सच्याउन दलहरूलाई निर्वाचन आयोगले समय दिएको छ भने २३ असोजमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यतालिका छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.