www.tandavnews.com
Fact ~ In search of truth

दसैँका लागि तनहुँमा साढे दुई करोडको खसीबोका बिक्री

तनहुँ।
तनहुँको घिरिङ गाउँपालिकास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध धना थापाले यो दसैँमा मात्र खसी बेचेर एक लाखभन्दा आम्दानी गरिन। उनले दसैँका लागि चारवटा खसी बिक्री गरेकि थिइन्।

बाख्रापालन मुख्य पेसा अङ्गालेकी उनले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएकी छन्। “खसी बेचेर दसैँ मनाउने तयारीमा छु,” उनले भनिन्।

भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध कमला आलेले पनि दसैँका बेला एक लाखभन्दा बढीको खसी बिक्री गरिन्। गाउँबाटै खसी बिक्री हुँदा बजार खोज्दै हिँड्नुनपरेको उनले सुनासो गरिन।

Batas

भिमादस्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध श्रीमाया आले वार्षिक रुपमा रु १० लाखभन्दा बढीको खसीबोका बिक्री गर्छिन् । यी त केही उदाहरण मात्र हुन् । यस वर्षको दसैँमा खसीबोका बिक्री गरेर तनहुँका महिलाहरुले रु साढे दुई करोडभन्दा बढी आम्दानी गरेका छन् । तनहुँमा महिलाले मात्र सञ्चालन गरेका सहकारीमार्फत यस वर्षको दसैँमा रु दुई करोड ५३ लाख २० हजार तीन सय २७ बराबरको खसीबोका बिक्री भएको छ ।

गत भदौ २७ देखि असोज ९ गतेसम्मको अवधिमा यहाँका १० सहकारीमार्फत खसीबोका बिक्री भएको हो । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका थिए ।

हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको सस्था सबलीकरण परियोजना’ अन्तर्गत १० सहकारीले कृषकले पालेका खसीबोका बिक्रीका लागि बजारीकरण गर्दै आएको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले जानकारी दिए।

यसअवधिमा तीन चरणमा गरी खसीबोका बिक्री भएको छ । भदौ २७ गते रु एक करोड १८ लाख ९० हजार तीन सय २६, भदौ २७ देखि असोज २ गतेसम्म ६१ लाख ७१ हजार एक सय २८ र असोज ३ देखि ९ गतेसम्म रु ७२ लाख ५८ हजार आठ सय ७३ बराबरको खसीबोका बिक्री भएको छ ।

घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ३० लाख ५४ हजार दुई सय ७१, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ४४ लाख ९८ हजार छ सय ५४, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत रु ३९ लाख आठ हजार आठ सय २९, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत रु २० लाख १९ हजार सात सय २४ बराबरको खसीबोका बिक्री भएको छ ।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २२ लाख ९२ हजार छ सय ७६, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु रु चार लाख दुई हजार ६७, सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २६ लाख ४० हजार तीन सय ५०, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत रु २१ लाख ९१ हजार आठ सय ७५, शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत रु २३ लाख २५ हजार नौ सय ८३ र आधारशिला सामाजिक उद्यमी महिला सहकारीमार्फत रु १९ लाख ८५ हजार आठ सय ९८ बराबरको खसीबोक्रा बिक्री भएको छ । यस अवधिमा ती सहकारीमार्फत एक हजार सात सय १४ खसी बिक्री भएका छन् ।

भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मुक्तान आलेले दसैँ तिहारका बेला सहकारीले नै व्यापारी खोजेर खसीबोका बिक्री गर्दै आएको बताइन्। “सहकारीले नै बजारीकरणमा सहयोग गरिदिएपछि कृषकलाई पनि सहज भएको छ,” उनले भनिन्, “यसले गर्दा कृषकले खसी बिक्री गरेर चाडपर्व मनाउन पाएका छन् ।”

घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेले सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई बजारको समस्या नहुने बताइन्।

भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग पु¥याएको बताइन्। “यसले कृषकलाई खसीबोका बिक्रीका लागि बजार खोज्नु हिँड्नुपरेको छैन, कृषकलाई सहज भएको छ,” उनले भनिन्।

सहकारीले बजारीकरणमा सहयोग पु¥याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ ।

ती सहकारीमा चार हजार भन्दा वढी शेयर सदस्य आबद्ध छन् । घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामा छ सय ७०, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमा आठ सय ५९, माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा छ सय ३५, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमा तीन सय ४६ शेयर सदस्य छन् ।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामा चार सय २०, दिदीबहिनी कृषि सहकारी संस्थामा एक सय ८४, सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामा पाँच सय ३९, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमा तीन सय ५२, शुभदीप सामाजिक उद्यमी महिला सहकारीमा दुई सय २७ र आधारशिला सामाजिक उद्यमी महिला सहकारीमा चार सय ३० शेयर सदस्य आबद्ध छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.