www.tandavnews.com
Fact ~ In search of truth

नवौँ राष्ट्रिय खेलकुदमा डडेल्धुराका १३ खेलाडी सहभागी

पाेखरा।
गण्डकी प्रदेशको पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डडेल्धुराका १३ खलाडीले खेल्न पाउने भएका छन् । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै यहाँका १३ खेलाडी प्रतिस्पर्धा गर्न छनोट भएका हुन् । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुराले १४ खेलमा सहभागिता जनाउने तयारी गरेका भए पनि १३ खेलाडी पाँच खेलका लागि छनोट भएका हुन् ।

भलिबल, ह्यान्डबल, तेक्वान्दो, उसु, एथलेटिक्सतर्फ हाइजम्प र दौड प्रतियोगितामा डडेल्धुराका खेलाडीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बरसिंह भण्डारीले जानकारी दिए। कैलाली र कञ्चनपुरका खेलमैदान तथा रङ्गशालामा भएका प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका प्रमुख भण्डारीले बताए।

छनोट हुनेमा सुदूरपश्चिम प्रदेशको राष्ट्रिय टोलीमा भलिबलतर्फ डडेल्धुराका सन्तोष खत्री र वीरेन्द्र विक, ह्यान्डबलमा विशाल बस्नेत, तेक्वान्दोमा झरना थापा, उसुमा नवीन गाहामगर, अस्मिता गाहामगर, रोहित गहामगर, सृजना रखालमगर र ललिता गुरुङ छनोट भएका खेलकुद विकास समितिले जनाएको छ ।

Batas

यसैगरी एथलेटिक्सतर्फ हाइजम्पमा मनोज विष्ट र आठ सय मिटर दौडमा माया साउद, छपेन्द्र नाथ र करुणा ऐडी छनोट भएको जिल्ला खेलकुद विकास समतिले जानकारी दिएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.