www.tandavnews.com
Fact ~ In search of truth

पोखरा: ‘क्याटवाक’मा आइतबार ‘राजु लामा’

आशिष पुरी
पोखरा, ताण्डव न्यूज ।

पोखरास्थित क्लब ‘क्याटवाक’ मा राजु लामा “मङ्गोलियन हर्ट” को लाईभ हुने भएको छ। चर्चित गायक “राजु लामा” को सांगीतिक ब्याण्ड मङ्गोलियन हर्ट दशैँ पुर्णिमाको उपलक्ष्यमा ‘क्याटवाक’मा आइतबार (असाेज २३) लाइभ कन्सर्ट हुने भएको हो ।

“सायद तिम्रो बाटोमा”, “पर्खाइमा भिज्यो सिरानी”, “हेर्दा हेर्दै”, “दिल बस्यो”, “म माया लाउदिन “, जस्ता हिट नम्बर दिएका गायक राजु लामा “मङ्गोलियन हर्ट” ब्याण्ड क्याटवाकमा लाइभ कन्सर्टको तैयारी पुरा भएको र टिकट बिक्री भइरहेको क्याटवाकका संचालक गुप्त लामाले जानकारी दिए ।

Batas

संचालक लामाका अनुसार मंगोलियन हार्ट ब्याण्ड र लोकप्रिय गायक राजु लामा सांगितिक कार्यक्रमका लागि पोखरा आईपुगेका छन् । गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा राजु लामा “मङ्गोलियन हर्ट” लाई प्रत्यक्ष सुन्न, हेर्न पहिलो चरणको टिकट मूल्य १५ सयदेखि २ हजार रुपैयाँ राखिएको छ । त्यसपछिको टिकट मूल्य २५ सय रुपैयाँसम्म पुग्नेछ । छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट बिक्री गरिएको आयोजकले जनाएको छ ।

अनुमानित ३० करोड रुपैयाँ बढी लगानीमा खोलिएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ ।क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको संचालक लामाले जानकार गराएका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.