www.tandavnews.com
Fact ~ In search of truth

एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता

दमक ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्ता गर्न उनि शनिबार नै झापा पुगेका थिए । झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं एमाले पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार सङ्घीय संसद्का लागि अध्यक्ष ओलीको मनोनयन दर्तामा उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओली र प्रस्तावकमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाल छन् । यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दीपक कार्की रहेका छन् । उनिसँगै एमालेबाट क्षेत्र नं ५ प्रदेश (क) मा हिक्मतकुमार कार्की र प्रदेश (ख) मा होमबहादुर थापालेसमेत उम्मेदवारी दर्ता गराएका छन् ।

Batas

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.