www.tandavnews.com
Fact ~ In search of truth

अध्यक्ष दाहालद्वारा गोरखा–२ बाट उम्मेदवार मनोनयन दर्ता

गोरखा  ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार मनोनयन दर्ता गरेका छन्।

अध्यक्ष दाहालको प्रस्तावकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र समर्थकमा नेपाली काँग्रेसका गोरखा जिल्ला सचिव किशोर जङ्ग थापाले हस्ताक्षर गरेका छन्।

मनोनयन दर्ताका लागि नेपाली काँग्रेस, नेपाल समाजवादी पार्टी  र माओवादी केन्द्रका नेता कार्यकर्ताहरूको जमघट रहेको थियो ।

Batas

त्यस्तै, प्रदेशसभा ‘क’ मा नेपाली काँग्रेसका सुरेन्द्र पाण्डे र ‘ख मा लागि फणिन्द्र देवकोटाले उम्मेदवार मनोनयन दर्ता गरेका छन्।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.