www.tandavnews.com
Fact ~ In search of truth

चरित्रमा बाँच्ने विपीन

काठमाडौँ।

अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपति प्रसाद, नाका, हरिलगायतमा उनको चरित्रले पहिचान स्थापित गर्यो । उनलाई चलचित्र ‘जात्रा’ पश्चात मात्र दर्शकले चिन्न थालेका छन् । जात्रै जात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका हुन्।

‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार्नु गरे। “मैले चरित्र बाच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु”, अभिनेता कार्कीले भने। यद्यपि फिल्ममा भने उनी वर्षाको पिता बनेन्।

निर्देशक दीपेन्द्र के खनालले जोखिम लिन चाहेन्न। “दर्शकले विश्वास गर्नुहुन्न की ? मेकअप आर्टिस्टले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको हुँ”, अभिनेता कार्कीले भने। प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझैँ पर्दामा ल्याउन नसकेको उनले बताए। चरित्रमा बाँच्ने अभिनेता कार्कीलाई लिएर केही समयदेखि कलात्मक पाटो भन्दा व्यावसायिक पाटोले आकर्षणगर्ने गरेको गुनासो फिल्मकर्मीले गर्न थालेका छन् ।

“म कलाकारसँगै छोरा, श्रीमान् र पिता पनि हुँ । यी दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । व्यावसायिक पाटोमा भने मेकर्सको सोचले फरक पार्छ । कलात्मकतामा कला र व्यावसायिकमा व्यावसायिकता खोज्ने गरेको छु”, अभिनेता कार्कीले भने।

अर्का अभिनेता दयाहाङ राईसमेत अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित छन्। “हामीले केही फिल्ममासँगै काम गरेका छौँ । उनको चरित्रप्रतिको गम्भिरता र निर्माणमा गरेको मेहनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ”, अभिनेता राईले भने। अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रै जात्रा र के घर के डेरामा सँगै काम गरेका छन्।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.