www.tandavnews.com
Fact ~ In search of truth

नवौँ राष्ट्रिय खेलकुद: महिला क्रिकेटको कास्य पदक बागमतीलाई

पोखरा।

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर ८७ रन बनायो । अठासी रनको विजय लक्ष्य बागमतीले १६ दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि सुमन खतिवडाले अविजित ४१ रनको योगदान दिइन् ।

उनले २१ बलमा एक छक्का र छ चौका प्रहार गरिन् । यस्तै अस्मिता खरेलले २०, अनिशा मजाकोटीले अविजित १० तथा कञ्चन श्रेष्ठले १० रन बनाइन् । बलिङतर्फ लुम्बिनीका लागि कृतिका मरासिनीले दुई तथा सुस्मिता भुषालले एक विकेट लिइन् । यसअघि लुम्बिनीका लागि ब्याटिङ गर्ने क्रममा सरस्वती जीएमले ३० रन बनाइन ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ बागमतीका लागि विपिशा शाहीले चार, खुसी डङ्गोलले तीन तथा सोनी पाख्रिनले दुई विकेट लिइन्् । अहिले स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच पोखरा रंगशालामा खेल हुँदैछ ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.