www.tandavnews.com
Fact ~ In search of truth

अपाङ्गता भएका युवाहरुलाई मतदाता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

पाेखरा।
नेत्रहीन युवा संघ नेपाल कास्कीको आयोजनामा गण्डकी प्रदेशका २५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई मतदाता शिक्षा सम्वन्धी २ दिने प्रशिक्षक तालिम सम्पन्न गरिएको छ। ५ जना बहीरा, ५ जना शारीरिक र १५ जना दृष्टि सम्वन्धी अपाङ्गता भएका व्यक्तिहरु सहभागी रहेको उक्त तालिममा नेत्रहीन युवा संघ नेपाल कास्कीका सचिव अक्ष खड्गी र गंगा कुमारी शर्माले प्रशिक्षण दिएकी थिइन्।

तालिममा आगामी मंसिर ४ गते हुने निर्वाचन प्रक्रिया, यसको महत्व, मतदान प्रक्रिया, निर्वाचनको बेला फैलाईने मिथ्या सुचनाहरु, मत बदर हुने अवस्थाहरु, निर्वाचनलाई अपाङ्गता समावेसी बनाउन गरीनुपर्ने कार्यहरु र सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वाचन बारे घर,घरमा गएर निर्वाचन सम्वन्धी सुचना कसरी दिने भन्ने
लगायतका बिषयहरुमा छलफल गरिएको थियो।

तलिमको दोस्रो दिन सहभागीहरुले घर,घरमा गएर मतदाता शिक्षा कसरी दिने, मतदाता शिक्षामा संलग्न व्यक्तिहरुको तथ्याङंक कसरी लिने भन्ने सम्वन्धमा समुह कार्य गराईएको थियो भने कार्यक्रमको अन्त्यमा नमुना मतदान समेत गरिएको थियो।

Batas

कार्यक्रमको सहभागी मोनिका थापाले कार्यक्रममा आफ्नो अनुभवहरु राख्दै निर्वाचन सम्वन्धी बिषयहरुमा आफु पहिलो पटक सहभागी भएको र मत बदर कसरी हुन्छ भन्ने सम्वन्धमा आफुले पहिलो पटक जानकारी पाएको बताएकी थिइन्।

पोखरा महानगरपालिका वडा नं ११ निवासी कार्यक्रममा बहिरा सहभागी अपाङ्गता भएको व्यक्ति शोनिमा गुरुङ्ले निर्वाचन सम्वन्धी सुचनाहरु बहिरा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा नहुँदा मत बदर हुने संभावनालाई कम गर्न यो तालिम महत्वपुर्ण भएको र आफुले यस तालिमबाट सिकेका बिषयहरु आफु जस्तै बहिरा अपाङ्गताहरुमाझ सेयर गर्ने कुरा जानकारी गराएकी थिइन्।

कार्यक्रमको समापन समारोहमा बोल्दे नेत्रहीन युवा संघ कास्कीका अध्यक्ष सुर्य प्रसाद भट्टराईले यस पटक हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन अपाङ्गताको दृष्टिकोणले पहुचयुक्त हुन्छ वा हुँदैन भनेर गण्डकी प्रदेश भर ११ जना अपाङ्गता भएका युवाहरुलाई मतदान परिवेक्षकको रुपमा खटाईने र छट्टै पोखराको प्रमुख ३ स्थानहरुमा नमुना मतदान समेत सञ्चालन गरिने जानकारी गराएका थिए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.