www.tandavnews.com
Fact ~ In search of truth

नवौँ राष्ट्रिय खेलकुद : गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा

पाेखरा।
विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेशलाई १–० गोलले निराश पार्दै आर्मी फाइनलमा पुगेको हो ।

आर्मी आठौँ संस्करणको राष्ट्रिय खेलकुदमा फुटबलको च्याम्पियनसमेत हो । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएकामा दोस्रो हाफममा आर्मीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

वैकल्पिक खेलाडी सुदील राईले खेलको ५८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। खेलको २४औँ मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका राईले उत्कृष्ट गोल गरेपछि आर्मी स्वर्ण पदक नजिक पुगेको हो । आर्मीले खेलको सुरुआतदेखि गण्डकीलाई दबाबमा राखे पनि पाएको अवसरको उचित सदुपयोग गर्न सकेको थिएन । आर्मीका गोलका केही अवसर खेर गएका थिए ।

Batas

जारी प्रतियोगितामा आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको हो । प्रतियोगिताको दोस्रो सेमिफाइनलका लागि सुदुरपश्चिम प्रदेश र समूह ‘बी’ विजेता एपिएफ क्लबका बीच खेल हुँदैछ ।

पुरुष फुटबल प्रतियोगितामा नवौँमा सहभागी ११ वटै टोलीले सहभागिता जनाएका छन् । प्रत्येक टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा गण्डकी प्रदेश, प्रदेश नं १ र एनआरएनको टोली छ । समूह ‘बी’मा बागमती, मधेश प्रदेश र एपीएफ रहेका छन् । त्यसैगरी आर्मी, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब समूह ‘सी’ मा र समूह ‘डी’मा कर्णाली र सुदूरपश्चिम प्रदेश छन् । पुरुष फुटबलको स्वर्ण पदकका लागि कात्तिक ३ गते फाइनल खेल हुनेछ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.