www.tandavnews.com
Fact ~ In search of truth

‘खेल्ने मन र इच्छालाई उमेर छेकेन’

पाेखरा।
सङ्खुवासभाका खेलाडी धनबहादुर घले ६१ वर्ष पुगे । उनको उमेरले सकुशल आराम खोज्दैछ तर, उनी स्क्वासको ¥याकेट बोकेर अझै कोर्टमा भेटिन्छन् । उनको खेल्ने मन र इच्छालाई उमेर छेकेको छैन । यसैले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्रदेश नम्बर १ को प्रतिनिधित्व गर्दै खेल्न आएका छन् । उनी यस प्रतियोगिताको सबैभन्दा बढी उमेरका खेलाडी रहेका छन् ।

पोखरामा असोज २८ देखि सुरु भएको खेलकुदको कुम्भमेलामा भेला भएका ६ हजार एक सय ५७ खेलाडीमध्ये घले सबैभन्दा पाका खेलाडी हुनु । विसं २०१८ वैशाख ५ गते सङ्खुभासभा खाँदबारी नगरपालिकामा जन्मिएका उनी उमेर छदासम्म सिङ्गापुर पुलिसमा सेवा गरेका छन् । सेवाकै क्रममा घलेले स्क्वास खेल्न सिकेको बताउन्छन् ।

सिङ्गापुरमा २६ वर्ष सात महिना सेवा गरेर उनले अवकाश लिएका हुन् । नेपाल आएर उनले धेरै ठाउँमा स्क्वास खेल्न खोजे तर, ठाउँ भेटेनन् । सातदोबाटो स्क्वास बनिसकेको थिएन । पूर्वमा पनि स्क्वासको भौतिक संरचना थिएन । उनी काठमाडौँ पुगेर साथी भाइसँग रमाइलोका लागि खेल्न थाले ।

Batas

उनको खेल निकै राम्रो थियो । उनको खेल कौशल थाहा पाएर नै उनलाई प्रदेश १ को स्क्वास सङ्घले आग्रह गरेपछि उनी पोखरा आएका हुन् । पूर्वमा खेलाडी अभाव भएको हुँदा सङ्घले नै अनुरोध गरेपछि प्रदेश एकलाई प्रतिनिधित्व गर्दै खेल्न आएको उनले बताए ।

उनी पहिलो खेलमा पराजित भए तर, उनलाई हार व्यहोर्नुपरेकोमा कुनै दुख छैन । नाती पुस्तासँग खेलेर हार्न पनि छुट्टै आनन्द हुने उनी सुनाउन्छन् । आफूहरुले पछिल्लो पुस्तालाई प्रेरणा र हौसला दिइरहनुपर्ने उनको धारणा छ । व्याक्तिगत प्रतिस्पर्धामा हारे पनि टिममा राम्रो गर्ने उनले बताए ।

उनीसँगै प्रदेश १ बाट ५७ वर्षका वीरबहादुर नेपाल पनि खेलाडी भएर पोखरा आएका छन्। घलेभन्दा चार वर्ष कान्छा नेपालले खेल्न मन भएपछि उमेर नछेक्ने बताए । पाँचौँ राष्ट्रिय खेलकुदबाट खेल्न सुरु गरेका उनी नवौँसम्म निरन्तर खेल्दै आएका छन् । पाँचौँ राष्ट्रिय खेलकुदमा रजत पदक, छैटौँ, सातौँ र आठौँमा कास्य पदक जितेका उनले जानकारी दिए । घले र नेपाल पाका खेलाडी भए पनि खेलमा उमेरले नछेकेको उनीहरुको भनाइ छ ।

घले र नेपालको खेल कौशलका कारण नै उनिहरुलाई छनोट गरेर पोखरा आएको प्रदेश नम्बर १ का स्क्वासका प्रशिक्षक अनिल बज्राचार्यले जानकारी दिए । “उमेर छिप्पिदै गएपनि उहाँहरुको खेलबाट म प्रभावित छु”, उनले भए, “हाम्रो प्रदेशमा स्क्वासका खेलाडी पनि कम छ । त्यसैले पनि उहाँहरुको खेल र खेल्ने इच्छाशक्तिका कारण लिएर आएको हुँ ।”

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.