www.tandavnews.com
Fact ~ In search of truth

एथ्लेटिक्समा सबैभन्दा बढी स्वर्ण जित्ने जयरानी

पाेखरा।
त्रिभुवन आर्मी क्लबमा आबद्ध धाविका २१ वर्षीय जयरानी थारुले पाँच स्वर्ण पदक हात पारिन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्गत एथ्लेटिक्समा पाँचवटा स्वर्ण पदक हात पार्ने उनी एक्ली खेलाडी बन्न सफल भइन् ।

पाँच स्पर्धामा भाग लिएकी जयरानीले सबै स्पर्धामै स्वर्ण जितेकीमा तीन वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । उनले एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा स्वर्ण जितिन् भने चार सय मिटर हर्डल्स र १०० मिटर हल्र्डसमा आफ्नै प्रदर्शन सुधार्दै स्वर्ण जितिन् । जयरानीले लङजम्पमा कीर्तिमानसहित स्वर्ण पदक हात पारिन् ।

आजै भएको चार गुणा चार सय मिटर रिलेमा पनि उनले स्वर्ण पदक हात पारिन् । यसैगरी एथ्लेटिक्सअन्तर्गतको पुरुषतर्फको खेलमा सबैभन्दा बढी पदक जित्ने खेलाडी शिवराज पार्की भए । एपिएफका खेलाडी उनले नवौँ राष्टिय खेलमा तीन स्वर्ण पदक हात पारे ।

Batas

शिवराजले दुई सय मिटर पुरुष, एक सय मिटर दौड र रिलेमा स्वर्णपदक हात पारेका हुन् । त्यसैगरी महिला १०० मिटरमा सरस्वती चौधरीले राष्ट्रिय रेकर्ड बनाउँदा पुरुष १० हजार मिटरमा दीपक अधिकारीले कीर्तिमान बनाएका थिए । चार सय मिटर हडल्समा पुरुषतर्फ सोमबहादुर कुमालले र महिलातर्फ रमिताकुमारी थारुले नयाँ कीर्तिमानी बनाए ।

तीन सय मिटर स्टिपल चेसमा दुर्गाबहादुर बुढाले राष्ट्रिय कीर्तिमान बनाउँदा लङजम्पको पुरुषतर्फ सलिम देवानले राष्ट्रिय कीर्तिमान कायम गरे । एथ्लेटिक्समा आर्मी, एपिएफ, प्रहरी, प्रदेश नम्बर १, मधेश प्रदेश बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका खेलाडीले भाग लिएका थिए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.