www.tandavnews.com
Fact ~ In search of truth

आयल निगममा जागिरको अवसर, एकैपटक ६० जनाका लागि आवेदन माग

पाेखरा।
नेपाल आयल निगमले विभिन्न तहमा ६० भन्दा बढी कर्मचारी माग गरेको छ । निर्देशक (१० औं तह)देखि तहविहीन बाउजर अपरेटरसम्मको पदमा कर्मचारी माग गरिएको छ ।

निगमले शुक्रबार एक प्रकाशित गरी २१ दिन भित्र दरखास्त दिन भनेको छ । दोब्बर दस्तुर तिरेर म्याद सकिएको ७ दिन भित्र दरखास्त दिन सकिने छ । अनलाइनबाटै फारम भर्न सकिने समेत निगमले जनाएको छ ।

१०औं तहमा १ जना महिलाको माग भएको छ । ८ औं तहमा प्राविधिक/इन्जिनियरको समेत माग भएको छ । छैटौं तहको प्रशासनमा खुलातर्फ ४ जनाका लागि दरखास्त खुलेको छ । निगमको लिखित परीक्षा नेपाल आयोगले लिनेछ । सबै परीक्षा केन्द्र काठमाडौंमा हुनेछन् । १० औं तहका लागि १२ सय रुपैयाँ परीक्षा दस्तुतर तोकिएको छ । तहविहीनका लागि १ सय रुपैयाँ तोकिएको छ ।

Batas

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.