www.tandavnews.com
Fact ~ In search of truth

रावलको प्रश्न- ‘सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ?’ घाँटी कसले अँठ्यायो ?’

पाेखरा।
नेकपा (एमाले)का नेता भीम रावलले सिमानामा भारतले ज्यादती गर्दा परराष्ट्र मन्त्रालय मौन रहेकोमा प्रश्न गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । भारतले सडक निर्माणका क्रममा विस्फोट गर्दा खसेको ढुंगाबाट नेपाली भूमिमा बालक पवन महराको मृत्युको घटनामा परराष्ट्र मन्त्रालयले बोल्नुपर्ने नेता रावलको माग छ ।

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक महराको मृत्यु भएको थियो ।

रावलले शनिबार सामाजिक संजालबाट दार्चुला घटनाको विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक भूमिका खेल्नुपर्ने भन्दै उक्त टिप्पणी लेखेका हुन् ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.