www.tandavnews.com
Fact ~ In search of truth

सुर्वणराज पन्तको घोषणा पत्र सार्वजनिकः मुट तथा महिलाको पाठेघरको निःशुल्क परिक्षण

पोखरा।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कास्की क्षेत्र नं–२का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका सुवर्ण राज पन्तले घोषणा पत्र सार्वजनिक गरेका छन् । उनले टेक सिटीको अवधारणालाई विशेष महत्वका साथ घोषणा पत्रमा सार्वजनिक गरेका हुन् ।

बुधबार सार्वजनिक गरिएको घोषणा पत्रमा निः शुल्क मृगौला, कलेजो, मुटु तथा महिलाको पाठेघरको परिक्षण, शुद्ध खानेपानि तथा ढल निकासका लागि पूर्ण ब्यवस्थापन, बाघचाल, कवडी, डण्डकीवियो खेलको संरक्षण, वैदेशिक रोजागारबाट फर्किएका युवालाई स्वरोजगार लगाएतका एजेन्डा प्रस्तुत छन् ।

उनले निर्वाचन क्षेत्र भित्र एक सांसद सचिवालयको ब्यवस्था, जनतासँग सांसद संवाद कार्यक्रम, अस्पतालको पहुँचबाट टाढा रहेका स्थानहरुमा निःशुल्क रुपमा एम्बुलेन्स सेवा तथा घुम्ती स्वास्थ्य सिविरलाई प्रथामिकता दिने घोषणा गरेका छन् ।

Batas

पोखरा महानगरपालिका–८ सृजनाचोक घर भई स्वास्थ्य सेवामा कार्यरत पन्त नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई र गठबन्धनका उम्मेदवार श्रीनाथ बरालसंग चुनावी मैदानमा रहेका छन् । पन्तको उम्मेदवारीलाई पुराना पुस्ता र नयाँ पुस्ता बिचको चुनावी लडाईको रुपमा हेरिएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.