www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा वडातहमै मतदाता शिक्षा

गलकोट।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचनको कार्यालयले तयारीलाई तीव्रता दिएको छ । यसपटकको निर्वाचनमा वडा तहबाटै मतदाता शिक्षालाई प्रभावकारी बनाउने निर्वाचन कार्यालयको तयारी रहेको छ । यसका लागि कार्यालयले वडास्तरमै जनशक्ति परिचालन गर्न थालेको छ ।

कार्यालयका अनुसार आसन्न निर्वाचनमा गत स्थानीय तहको निर्वाचनभन्दा एक हजार तीन सय ९८ कम मतदाता सहभागी हुँदैछन् ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार स्थानीय तहमा अन्तिम मतदाता नामावलीमा मतदाता सङ्ख्या लाख ९३ हजार छ सय २५ रहेकामा अहिलेको मङ्सिर ४ गतेको निर्वाचनमा एक लाख ९२ हजार दुई सय २७ जना मतदाता कायम भएको छ ।

Batas

स्थानीय निर्वाचनपछि बागलुङमा दुई हजार ८०० नयाँ मतदाता थपिए पनि बसाइँसराइ तथा मतदाताको मृत्युलगायतका कारण मतदाता नामावली अध्यावधिक गर्दा मतदाताको सङ्ख्या घटेको सूचना अधिकारी शर्माको भनाइ छ ।

यसपटककोे निर्वाचनमा ९८ हजार छ सय ४३ महिला र ९३ हजार पाँच सय ८४ पुरुष गरी एक लाख ९२ हजार दुई सय २७ जना मतदाताले मात्रै मतदान गर्न पाउनेछन् ।

“हामीले निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचनको तयारीलाई मतदाता शिक्षाको सुरुआतीमा पु¥याएका छौँ, यसपटकको निर्वाचनमा प्रत्येक वडामा महिला स्वस्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ”, उनले भने, “स्थानीय तहको निर्वाचनपछि दुई हजार ८०० नयाँ मतदाता थपिए पनि मतदाता नामावलीको अन्तिम अध्यावधिक गर्दा स्थानीय तहको निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा केही कम मतदाता सहभागी हुँदैछन् ।”

प्रत्येक वडामा माध्यामिक शिक्षा परीक्षा पास महिला स्वास्थ्य स्वयंसेविकाबाट मतदाता शिक्षाका लागि अहिले निर्वाचन कार्यालयले तयारी थालेको छ । मतदाता शिक्षाको काम १५ दिन चल्ने जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । मतदाता शिक्षाको अनुगमनसमेत अनुगमन अधिकृतबाट गरिनेछ ।

निर्वाचनका लागि जिल्लामा समानुपातिकतर्फको मतपत्र, मतपेटिका, छेकाबार आइसकेको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको विवरण सङ्कलन गरिरहेको सूचना अधिकारी शर्माको भनाइ छ ।

यस्तै स्थानीय तहको निर्वाचनमा धेरै स्थान मतदाताको पहुँचभन्दा टाढा रहेको, मतदानस्थल साँघुरो भएकोलगायतका समस्याका कारण मतदान तीन मतदानस्थल स्थानान्तरण र तीन मतदानस्थल थप गरिएको छ ।

थप हुने मतदानस्थलका रुपमा ढोरपाटन नगरपालिका–६ र ढोरपाटन–२ र गलकोट नगरपालिका–१० रहेको छ । यस्तै मतदानस्थल परिवर्तन भएकामा बागलुङ नगरपालिका–३ बौद्ध विहारको कालिका कन्या मन्दिर, बागलुङ–६ को वडा कार्यालयदेखि लहरेपीपल माध्यामिक विद्यालय र बडीगाड गाउँपालिका– ८ सिद्धबारी प्राविबाट भृकुटी माध्यामिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।

अन्तिम मतादाता नामावलीका लागि दाबी विरोध, मृत्यु भएकाको नामावली हटाउने, नाम परिवर्तन गर्ने विवाह गरी गएकाको दर्ता सार्ने र बसाइँसराइ गरेकाले उत्तै मतदाता नामावली सार्दा बागलुङमा स्थानीय तहको तुलनामा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एक हजार तीन सय ९८ कम मतदाता निर्वाचनमा भाग लिँदैछन् ।

यसपटकको निर्वाचनमा सुरक्षाकर्मी र स्वयंसेवकबाहेक जिल्लामा उक हजार ८०० कर्मचारी छनोट गरेर खटाउनेछ । जिल्लामा तीन मतदानस्थल स्थानान्तरण र तीन मतदानस्थल थप भएसँगै एक सय तीन मतदानस्थल र दुई सय ३१ मतदान केन्द्र कायम गरिएको यज्ञ रिजालले बताए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.