www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार महासंघ जापानको अध्यक्षमा पहरी

जीवन सुवेदी
टोकियो।
नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी १६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए । पहरीले अध्यक्ष पदका उम्मेदवार दिपक गौतम, कविकिरण न्यौपाने, पूर्णबहादुर चलाउनेलाई पराजित गरेका हुन् ।

त्यस्तै उपाध्यक्षमा रविन्द्र श्रेष्ठ ‘गोर्खाली’ निर्वाचित भएका छन् । उनले १८ मत प्राप्त गरे । महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भईन् । अधिवेशनमा सहमतिको प्रयास विफल भएपछि अध्यक्ष र खुल्ला उपाध्यक्ष पदमा निर्वाचन भएको हो ।

महासंघको आगामी ३ वर्षीय कार्यकालको सचिवमा राजन गौतम निर्विरोध चयन भएका छन् । त्यस्तै खुल्ला सहसचिवमा विश्वास आचार्य, समावेशी सहसचिवमा सजिना मोक्तान चयन भएकी छन् । कोषाध्यक्षमा अर्जुन लामिछाने चयन भए । सदस्यहरुमा लक्ष्मि पौडेल, कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुङ्, प्रमेश तमु, र फुर्वा शेर्पा चयन भएका छन् ।

Batas

त्यस्तै केन्द्रीय परिषद् सदस्यमा मनिषा चम्लागाईँ र राजविन थापा चयन भएका छन् । निर्वाचनका लागि पत्रकार जीवन सुवेदी, खगराज गौतम, खड्ग बहादुर गुरुङ र गणेश खनियाँ को निर्वाचन कमिटि बनेको थियो । कार्यक्रममा प्रमुख आतिथी थजापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी रहेका थिए भने उद्घाटन सत्रमा पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीको विशेश उपस्थिति थियो । महासंघको जापान शाखामा मा हाल ६६ जना साधारण सदस्य आवद्द छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.