www.tandavnews.com
Fact ~ In search of truth

एमालेले एकल बहुमत ल्याउँछः अध्यक्ष ओली

पोखरा ।
नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचन पछि एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने दाबी गरेका छन् । पोखरामा बृहत कार्यकर्ता भेलामा बोल्दै ओलीले आगामी निर्वाचनपछि एमालेले एकल बहुमत ल्याउने र अरु केही साना दललाई सरकारमा सहभागी गराउने बताएका छन् ।

अहिले नेपाली कांग्रेस लगायतका पार्टीले गलत चुनावी आँकलन प्रस्तुत गरेको भन्दै भ्रममा नपर्न ओलीको आग्रह छ । पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री बन्छु भनेपछि माओवादी अध्यक्ष प्रचण्ड झसंग भएको भन्दै कटाक्ष गरेका छन् ।

‘कांग्रेसको हाराहारिमा भोट ल्याउँछ भनेर इम्प्रेसन दिइएको छ, त्यो गलत छ । एमाले अत्याधिक मार्जिनले अघि हुन्छ, एकल बहुमत ल्याउँछ । र अरु केही दललाई सरकारमा सहभागी गराइन्छ,’ ओलीले भने ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.