www.tandavnews.com
Fact ~ In search of truth

घरदैलोमा उम्मेदवार दिपक ‘माइला’

पोखरा।
कास्कि क्षेत्र १ (ख) का उम्मेदवार दिपक गुरुङ माइलाले सोमबार पोखर– १३ का विभिन्न ठाउँमा घरदैलो गरेका छन् । उनले वडाका चिसोपानी टोल, गौंडाको मुख, बिपि मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाझापाटन चोक, काँहुखोला पुल– माथि र मियापाटन चौतारा लगायतका क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए ।

मतदातासँग भेटेर विभिन्न ठाउँमा भएको कोणसभामा उम्मेदवार गुरुङले जनतालाइ सपना मात्र बाडन नआएको बताए । ‘तपाइको सपना पूरा गर्न आएको हु मेरो होइन,’ उनले भने, ‘पाँच बर्षपछि आउँदा शिर ठाडो हुने काम गरेर आउनेछु ।’
युवालाइ स्वदेश मै रोजगारिको अवसर सिर्जना गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले सुनाए । ‘गाउँगाउँ घरदैलोमा जादा बुढाबुढि मात्र भेटिन्छन् । गाउँमा युवाको अभाव छ,’ उनले भने, ‘अब स्वदेशमै अवसरको ढोका खोलेर बुढा बा आमासङै बस्ने ब्यवस्था मिलाउछु ।’ यसको साथै १३ नम्बर वडामा रहेका धार्मिक मठ, मन्दिर, चर्चको पनि व्यवस्था गर्ने गुरुङले मतदाता माझ प्रतिबद्द्ता गरे ।

पाँच दलीय गठबन्धनको साझा उम्मेदवार गुरुङले निर्वाचन अघिल्लो पटकको जस्तो उत्साह जनतामा नदेखिएको बताए । ‘गतिलो मान्छे अघिल्लो निर्वाचनमा छान्न नसक्दा तपाइलाइ निराशा छाएको छ । अब हाम्लाइ जिताउनुहोस कहिल्यै दुखी बनाउनी छैनौं,’ उनले भने, ‘मतदान गर्दा विवेकपूर्ण तरिकाले गर्नुहोला । तपाईसँगै सहकार्य गरेर बिकास गर्ने योजना छ ।’ उनले अबको विकास नेपाली गठबन्धनको सरकारबाट हुने बताए ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.