www.tandavnews.com
Fact ~ In search of truth

बीमा समिति प्राधिकरणमा रूपान्तरण

काठमाडौँ 
बीमा समितिले मङ्गलवारदेखि नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भई काम थालेको छ ।

बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण काम कारबाही प्राधिकरणमा रूपान्तरण भएको छ ।

Batas

भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानूनी प्रावधान अनुसार बीमा समिति प्राधिकरण बनेको हो ।

समितिमा एक कार्यक्रमका बीच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद शिलवालले प्राधिकरणले बीमा क्षेत्रको नियमनका साथै सरकारको बीमा सल्लाहकारको रुपमा काम गर्ने बताए।

बीमा दाबी गरिए पछि त्यसको भुक्तानी समयमा हुनु पर्नेमा जोड दिँदै त्यसो नभएमा सम्वद्ध सबै कारबाहीको भागी हुनु पर्ने पनि अध्यक्ष शिलवालले बताए।

उनले हाल कायम बीमा कम्पनीहरूको सङ्ख्या बढी नै रहेकोले बीमा क्षेत्रलाई प्रभावकारी बनाउन मङ्सिर महिनामा धेरै बीमा कम्पनीहरू मर्जरमा जाने पनि उल्लेख गरे।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.