www.tandavnews.com
Fact ~ In search of truth

खानेपानीको समस्या समाधान गरिदिन गणेशमान गुरुङलाई पोखरा १९ का मतदाताको आग्रह

पोखरा।
पोखरा वडा नम्वर १९ का मतदाताले खानेपानीको समस्या समाधान गरिदिन एमाले उम्मेरवारहरुसँग आगह गरेका छन् । पोखरा १९ को अन्य ठाउँको तुलनामा लाम्पाटामा खानेपानीको चरम अभाव भएको त्यहाँका स्थानीय बताउँछन् ।

कास्की ३ (क) का प्रदेश सभा उम्मेदवार गणेशमान गुरुङसँग मंगलवार भएको भेटमा त्यहाँका स्थानीयले भने–‘खानेपानी जस्तो मानिसको अति आधारभूत आवश्यकताबाट हामी बञ्चित भएका छौं । हामीलाई बाटोको पनि समस्या छ, हामी महानगरवासी भन्न पनि लाज लागेर आउँछ । स्थानीय, प्रदेश र केन्द्र जति प्रकारका सरकार भएपनि हाम्रो समस्या समाधान भएको छैन्, त्यसैले हाम्रा आधारभुत आवश्कतालाई पूरा गरिदिनुहोला भन्ने हाम्रो आग्रह हो ।’

स्थानीयका समस्यालाई मनन गर्दै उम्मेदवार गुरुङले भुगोलको हिसावले सुगम भएपनि सुविधाको हिसावले दुर्लम भएको पोखरा १९ का समस्यालाई जस्तो भुगोल त्यस्तै सुगम बनाउन पूर्वाधारको विकास गर्ने वचन दिएका छन् । र, निर्वाचित भएपछि पोखरा १९ बाट नै विकासको काम शुरु गर्ने उनको प्रतिवद्धता छ ।

Batas

उम्मेदवार गुरुङले मंगलवार पोखरा १९ को चितेपाति, लाम्पाटा, तल्लो काउरे, काउरे, चुरुङ्गा, भूनपुरे लगायतका स्थानका मतदातासँग भेटघाट गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.