www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण गाउँपालिकामा बरालकाे घरदैलो कार्यक्रम

पोखरा ।
नेपाली कांग्रेसका युवा नेता तथा कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार बरालले अन्नपूर्ण गाउँपालिकाका मतदातासंग भेटघाट सकेका छन् । बुधबार बिहानैदेखि अन्नपूर्णको विभिन्न स्थानमा उनले घरदैलो गरे ।

उक्त अवसरमा उनले सडक, खानेपानी, विद्यालय भवन सुधार, स्थानीयको जनजीविका, रोजगारीका विषयमा मतदातासंग भलाकुसारी गरे ।

उक्त अवसरमा उनले आफू जनताको सेवाका लागि नै चुनावमा होमिएको स्पष्ट पारे । बुधबार उनले लान्द्रुक, घान्द्रुक, उरी हुँदै किंरुङखोलासम्म घरदैलो गरेका थिए ।

Batas

घरदैलोकाक्रममा मतदाताले विशेषगरि शिक्षा र सडकका विषय उठान गरेको उम्मेद्वार बरालले बताए ।

उनले भने, ‘मतदाताले उठाएका विषय निकै मार्मिक छन् । यी विषय पूरा गर्न ठूलो कुरा हो जस्तो लाग्दैछ । हिम्मतका साथ सोंच बदलेर अघि बढ्ने हो भने असम्भव केही छैन ।’

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.