www.tandavnews.com
Fact ~ In search of truth

‘ला ग्राण्डीका ४ प्राध्यापकहरुले विद्यार्थीहरुलाई अश्लिल व्यवहार गरेपछि…’

माधव भुसाल

पोखरा, ताण्डव न्यूज ।

विद्यार्थी र शिक्षकको सम्बन्ध अभिभावक र सन्तानको जस्तै हुन्छ । विद्यार्थी र शिक्षकबिच कुराकानी हुनु स्वभाविकै हो । जस्तो सुकै परिस्थितीमा पनि विद्यार्थीले शिक्षकसँग आफ्नो समस्या राख्न सक्छन् । शिक्षकले पनि सोही अनुसार विद्यार्थीलाई आवश्यक परामर्श दिन सक्छन् ।

Batas

विद्यार्थी र शिक्षक जस्तो पवित्र सम्बन्धमा आँच आउने गरि पोखरा-८ सिमलचौरस्थित ‘ला ग्राण्डी इन्टरनेशनल कलेज’मा गलत हर्कत भएपछि अहिले एउटा भिडियो समाजिक सञ्जालमा भाईरल बनेको छ ।

भिडियोमा ४ जना प्राध्यापकले छात्राहरुलाई गलत मनसायले बोल्ने गरेको गुनासो गरेका छन् । भिडियोका अनुसार केही छात्राहरुले ति प्राध्यापकले गरेको गल्ती प्रिन्सिपललाई आक्रोशित हुदै सुनाएका छन् ।

प्राध्यापकले विद्यार्थीलाई बोल्नै नहुने शब्द बोल्ने गरेको आरोप लागेको छ । ‘मैले सरको कुरा नमानेपछि सरले तिमी त अहिले सबैको डिमान्डमा रहेछौ भन्नुभयो,’ विद्यार्थीले भनिन्, ‘मेरो चरित्रमा दाग लाग्ने गरि यस्तो भन्न मिल्छ ?’

विद्यार्थीको कुरा सुनेर बसेका प्राध्यापकले ‘म बाट गल्ती भएको छ सबैसँग माफ माग्छु’ भने ।

एक जनालाई मात्र नभएर अन्य विद्यार्थीहरुलाई पनि ति प्राध्यापकहरुले नै नराम्रो बोलेको भन्दै अर्की एक जना विद्यार्थीले रुँदै आफ्नो गुनासो पोखिन् । ‘राम्रोसँग कहिले कुरा गरेनन्,’ रुँदै ति विद्यार्थीले भनिन्, ‘सर भएर विद्यार्थीको छातीको साईज सोध्ने अनि नराम्रो बोल्ने, अहिलेबाट होइन ४ बर्ष भयो यसरी टर्चर सहेर बसेको, घरमा के भन्ने होला ?’ त्यहाँ उपस्थित विद्यार्थीहरुले यस्तो गल्तिमा माफ मागेर मात्रै नहुने भन्दै आक्रोश ब्यक्त गरेका थिए ।

गल्ती गर्ने प्राध्यापकहरुलाई लाइनमा राखेर प्रिन्सिपलले समेत प्राध्यापकबाट गल्ती भएको स्वीकार गरे ।

एक जना मात्र छात्रा होइन धेरै छात्राहरु ति ४ जना प्राध्यापकबाट पीडित भएपनि विद्यार्थीहरु मिलेर विरोध गर्न बाध्य भएको एक विद्यार्थीले बताए । सबै विधार्थी मिलेर प्रिन्सिपलसहित राखेर ति शिक्षकहरुले गरेका गलत मेसेज स्क्रीन सर्टसमेत प्रिजिन्टेसन गरेका थिए । प्राध्यापकहरुले गलत गरेको पुष्टी भएपछि ४ जनालाई कलेजले निष्कासन गरेको विद्यार्थीले बताए । निष्कासीत  प्रध्यापकहरुमा प्रवेश गौतम, बसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदिप कुमार लम्साल छन् ।

‘प्राध्यापक निष्कासन गर्यौँ’ : प्रिन्सिपल केसी

कलेजका प्रिन्सिपल ई. किरण केसीले उक्त घटनाबारे जानकारी पाउनासाथ ४ प्राध्यापकलाई निष्कासन गरिएको बताए । ‘हो यसबारे जानकारी पाउनासाथ उहाँहरुलाई तत्काल निष्कासन गरिएको हो’,प्रिन्सिपल केसीले भने,‘सोमबार विद्यार्थीहरुले नै गुनासो गरेपछि ति शिक्षकहरुसहित छलफलमा बसेका थियौँ । छात्राहरुको कुरा सुनेपछि ति प्राध्यापकहरुलाई निष्कासन गर्यौँ । यसअघि यस्तो गुनासो आएको थिएन ।’

© 2022 – 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.