www.tandavnews.com
Fact ~ In search of truth

कास्की क्षेत्र नं ३(२) : नीति निर्माणदेखि विकाससम्म, यि हुन् प्रकाशका २५ प्रतिबद्धता

पाेखरा ।

निर्वाचन नजिकिएसँगै दलहरु चुनाव प्रचारप्रसारलाई थप तिब्र बनाइरहेका छन् । आगामी ५ वर्षमा आफ्नो भूमिका कस्तो रहने ? जनताले उपभोग गर्न पाउने गरी के कस्ता नीति निर्माण र पूर्वाधारमा तयार गर्ने ? भन्ने बुझाउन उम्मेदवारहरु घर घरमा पुगिरहेका छन् । आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दै मत माग्न व्यस्त छन् उम्मेदवार ।

कास्की क्षेत्र नं ३(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश बराल पनि अहिले मतदाता भेटघाटमा लागिरहेका छन् । उनि नेपाली काँग्रेसबाट उम्मेदवार बनेका हुन् । हँसीलो अनुहारसहितको प्रष्ट बोली र निर्भिक ब्यक्तित्व उनको परिचय हो । यसअघि उनि नेतृत्वमा रहेर हाँकेका संस्थाहरु सफल भएका कारण पनि उनको यो क्षेत्रको नेतृत्व लिने अवसरलाई जनताले साथ उनका निकटस्थहरुको बुझाई छ ।

Batas

उम्मेदवार बरालले नीति निर्माणदेखि पर्यटन, पूर्वाधार विकास लगायतका कार्यहरु कसरी गर्ने भन्ने योजना पनि बनाएका छन् । मत माग्दै गर्दा उनले आफ्ना घोषणा पत्रका उल्लेख भएका हरेक बुँदामा प्रतिबद्ध रहेको दोहोर्याइरहन्छन् ।

उम्मेदवार बरालले मतदाताहरुसँग गरेको प्रतिबद्धता यसप्रकार छः

१. नीति निर्माणमा हाम्रो जिम्मेवारी ः मुलुकको आवश्यकता र नागरिकको चाहना अनुरूप कानुन निर्माण गर्ने सार्वभौम निकाय व्यवस्थापिका हो । संविधानको अनुसूची ५, ६ र ७ ले क्षेत्राधिकार प्रदान गरेका विषयमा विवेकपूर्ण ढंगले सहभागी भई आवश्यक कानुनको तर्जुमा गर्ने विषयमा हामी प्रतिबद्ध छाँै । यस अघि नै निर्मित कानुनको आवश्यकता अनुसार पुनरावलोकन गर्नुका अतिरिक्त थप कानुन निर्माणमा जिम्मेवार ढंगले प्रस्तुत हुँदै कानुनको शासन स्थापनामा निरन्तर लाग्ने विश्वास दिलाउन चाहन्छौँ ।

२. गठबन्धनको निर्माण र निरन्तरताको आवश्यकता ः
हामी अहिले पाँच दलीय गठबन्धनका साथ यहाँहरू समक्ष प्रस्तुत भएका छाँै । कतिपय कोण र क्षेत्रबाट गठबन्धनको निर्माणप्रति संशय व्यक्त गरिएको भए तापनि मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठबन्धन निर्माण मुलुकको आवश्यकता भएको तथ्य यहाँहरू माझ राख्न चाहन्छाँै । मूलतः संघीय शासन स्थापनापछिको निर्वाचनले झण्डै दुई तिहाई हैसियत हासिल गरेको सरकारले राजनीतिक स्थायित्व दिन असमर्थ रहेको कुरा हामी सबै माझ स्पष्ट छ । एकै कार्यकालमा भारी बहुमत प्राप्त प्रधानमन्त्रीबाट दुई–दुई पटक जनताको प्रतिनिधि थलो प्रतिनिधिसभा भ·को असफल प्रयास देश र जनताको हित विरूद्ध मात्र रहेन आम नागरिकको मतको समेत अपमान गरेको छ । मुलुकको संविधान र देशको शासन व्यवस्था माथि धावा बोल्दै चालिएको यस किसिमको कदमले हामी माथि राष्ट्रिय हित संरक्षण गर्ने युगीन दायित्व आइपुग्यो । यही दायित्वको बहन गर्ने सामथ्र्य ऐतिहासिक संघर्षका सारथिहरूले राख्दै आएका छाँै । यसैको परिणाम गठबन्धन र यसको निरन्तरता हो । जबजब देश चुनौती र संकटको अवस्थाबाट गुज्रन्छ, निरंकुश र हठी शासकहरू सत्तासीन हुन पुग्दछन् अनि शासन प्रणाली गैरलोकतान्त्रिक चरित्रमा पुग्दछ तबतब संयुक्त आन्दोलनका माध्यमद्धारा त्यस्ता चरित्र र प्रवृत्तिलाई परास्त पारेको हाम्रो इतिहास छ । २००७ सालको क्रान्ति, २०४६ सालको प्रजातन्त्रको पुनस्र्थापना, २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलन केवल गठबन्धन र संयुक्त प्रयासबाट मात्र सम्भव भएको हाम्रो इतिहास छ ।

३. समृद्ध नेपाल, सम्मानित नेपाली : हाम्रो अभियान ः केही छिटफुट अवस्था बाहेक हामीले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत राजनीतिक गन्तव्य हासिल गरेका छाँै । ठूलो बलिदानबाट प्राप्त यस व्यवस्थाको रक्षा गर्दै नागरिकको खुसी र सुख हासिल गर्ने हाम्रो लक्ष्य हो । यही लक्ष्यलाई हासिल गर्न सकेमात्र हामी सम्मानित नेपाली भएर रहन सक्दछाँै भन्ने विश्वास लिएका छौँ । विकास र समृद्धिका प्रचुर सम्भावना बोकेका गण्डकी प्रदेश र हाम्रो क्षेत्रको सबै सम्भावनाहरूको खोजी गर्दै विशेष रूपमा पर्यटन, कृषि, दिगो पूर्वाधार विकास र सुशासनमार्फत आर्थिक समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न हामी दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।

४. दिगो संरचना निर्माणमा जोड ः दिगो संरचनाको निर्माणबाट मात्रै विकास सम्भव छ । विद्युत, सडक, यातायात, शिक्षा, सञ्चार, खानेपानी, उद्योग, प्रविधि लगायतका क्षेत्रमा दीर्घकालीन र अल्पकालीन योजनासहित कार्य अगाडि बढाउन हामी प्रतिबद्ध छाँै । विषम् भूभाग, हावापानी, कमजोर प्रविधि आदि कारणले संरचनाको दीर्घकालीन उपयोगमा देखिएका समस्यालाई निराकरण पारी उचित प्रविधि, सिप र दक्षता प्रयोग गरी गुणस्तरीय संरचना निर्माण गर्नमा हामी सशक्त ढंगले लागी पर्नेछौँ ।

मूलतः सडक यातायात हाम्रो विकास र आर्थिक गतिवधिको जीवन रेखा नै हो ।

यस प्रदेशमा हालसम्म भएका सडक र संघीय, प्रदेश एवम् स्थानीय स्तरबाट सञ्चालित आयोजनाबिच समन्वय गरी समग्र सडक पूर्वाधारको विकासमा यथेष्ठ ध्यान दिइने छ । हाल सञ्चालनमा रहेका सडकको स्तरोन्नति र आवश्यकताअनुरूपका अन्य क्षेत्रमा सडक विस्तारको काममा तिव्रता दिइने छ । जसअनुसार यस क्षेत्रको छोरेपाटन–स्तुपा–तारेभिर– कुभिण्डे मोटरबाटो कालोपत्रे, छोरेपाटन–खाल्से–कुभिण्डे सडक कालोपत्रे, फलेटे–पुम्दीकोट ग्रामीण सडकको स्तरोन्नति, पामे बाम्दी रैकर घडेरी हुँदै असौलचौर जाने मोटरबाटोको स्तरोन्नति, बैदाम पामे घाँटीछिना हुँदै पञ्चासेसम्मको बाटो कालोपत्रेका लागि पहल, पोखरा–
रिडी लोकमार्गको कालोपत्रे, ढिकुरपोखरी कास्कीकोट थामको गह्रा हुँदै सराङ्कोटसम्मको निर्माणाधीन फुटट्रयाकलाई कनेक्टिङ रोडको रूपमा विकास गरी स्तरोन्नति गरिने छ ।

लुम्ले–लान्द्रुक सडकको स्तरोन्नति, नयाँपुल बिरेठाँटी तीखेढु·ा हुँदै घोरेपानी जाने मुक्तिमार्ग, रेखाङ्कित अन्नपूर्ण रिङरोडको डि.पी. आर तयार गरी काम अगाडि बढाउने सवालमा यथाशीघ्र पहल गरिने छ । यसका अतिरिक्त हाल सञ्चालनमा रहेका ग्रामीण सडकको स्तरोन्नति गर्ने, ट्रयाक खोलिएका मार्ग विस्तार गर्ने तथा आवश्यक ठाउँ र क्षेत्रमा नयाँ सडक खोल्नका लागि विशेष पहल गरिने छ । यी सबै विकास निर्माणका सवालमा सरोकारवालाहरूसँग निरन्तर संवाद गरी निर्णय लिइने प्रतिबद्धता समेत जाहेर गर्दछौँ ।

५. पर्यटन ः यस क्षेत्रको समृद्धिको प्रमुख आधार नै पर्यटन हो भन्ने विषयमा हामी स्पष्ट छौँ । नेपालको मात्र नभई विश्वकै आकर्षक गन्तव्यको रूपमा रहेको फेवाताल जलाधार अन्तर्गत पर्ने यो क्षेत्रले पर्यटन विकासको प्रशस्त सम्भावना बोकेको छ । लेकसाइड, पुम्दीकोट, कास्कीकोट, पञ्चासे, घान्द्रुक, छोम्रोङ, लान्द्रुक, उल्लेरी, अन्नपूर्ण बेसक्याम्प, ढिकुरपोखरी, थाप्ले, टाइगर हिले, कास्कीकोट दरबार लगायतका पर्यटकीय स्थलहरूको प्रवद्र्धन गरिने छ । विश्वशान्ति स्तुपा, विशाल महादेव मन्दिर, गुप्तकालिका मन्दिर, भुमे स्थान, सिद्धबराहमा हनुमान मूर्ती स्थापना, कान्छी बराह लगायतका क्षेत्रलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न विशेष पहल गरिने छ । अनदुदेखि भदौरे सम्मको पदमार्गलाई CANOPY TRACK को रुपमा विकास गरिने छ । पर्यटकको रोजाइमा पर्ने अन्नपूर्ण शितल गुफा, मणिको थान, भूमेस्थान जोड्ने पर्यटकीय पदमार्गसहितको पार्क निर्माण गर्न पहल गरिने छ । नयाँपुल हुँदै ए.बी.सी सम्मको पदमार्गका अलवा छोरेपाटन रानीवनदेखि थाप्ले हिल हुँदै पञ्चासेसम्मको पर्यटकीय पदमार्ग खोल्न पहल गरिने छ । पामे कास्कीकोट दरबारसम्मको पदमार्ग खोल्न हाम्रो पहल रहने छ । पर्यटनका लागि थप नयाँ गन्तव्यको खोजी गरी प्रबद्र्धन गरिने छ । बिरेठाँटी–मुक्तिनाथ केवलकारको कार्यलाई यथाशिघ्र प्रारम्भ गरिने छ ।

६. सुशासन ः शासन व्यवस्थालाई जनमैत्री, जनउत्तरदायी, भ्रष्टाचारमुक्त, पारदर्शी, मितव्ययी र छरितो बनाउन हामी प्रतिबद्ध छौँ । सरकारी सेवा प्रवाहलाई चुस्त दुरूस्त राख्दै जनताले सहजताका साथ सेवा प्राप्त गर्ने वातावरण तयार गरिने छ । प्रदेश मातहतका सबै कार्यालयमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र जारी गरी सवारीचालक अनुमति पत्र नवीकरण, घरजग्गा र बहाल कर तथा अन्य शुल्क भुक्तानीमा अनलाइनमार्फत सेवा प्रवाह हुने व्यवस्था मिलाइने छ । सम्बन्धित कार्यालयको सेवा प्रवाहबारे नियमित अनुगमन गर्न प्रभावकारी संयन्त्र निर्माण गरी कार्यान्वयनमा ल्याइने छ ।

७. कृषि र पशुपालन ः अधिकांश नेपाली जनताको जीविकोपार्जनको मुख्य स्रोतको रूपमा रहेको कृषि र पशुपालनलाई सम्मानित र प्रतिफलयुक्त पेसाका रूपमा विकास गर्न हामी प्रतिबद्ध छौँ । आवश्यक मल बिउको समयमै उपलब्धता, सहुलियतयुक्त कृषि ऋण, कृषिउपज बजार, कृषि उपजको न्यूनतम मूल्य निर्धारण, कृषि एम्बुलेन्सको व्यवस्थाजस्ता विषयमा
तत्कालै कार्य सुरू गरिने छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि आवश्यक नीतिहरू पूर्ण गृहकार्यका साथ सभाको पहिलो बैठकमा नै प्रस्तुत गरी पारित गर्न पहल गरिने छ ।

प्रदेशको पहिचान दिने रैथाने बालीको संरक्षण गर्नुका अतिरिक्त कृषि मेलाको आयोजना गरी प्रबद्र्धनमा जोड दिइने छ । घान्द्रुक, छोम्रोङ क्षेत्रमा भेडा च्याङ्ग्रा पालन र जडिबुटी प्रवद्र्धन गर्न तत्काल पहल थालिने छ । लुम्ले कृषि केन्द्रलाई थप अनुसन्धानमुखी बनाई कृषि अध्ययन केन्द्रका रूपमा विकास गरिने छ । किसान र उपभोक्ताबिच रहेको बिचौलिया प्रथा अन्त्य गरी किसानलाई सिधै उपभोक्तासँग जोड्ने प्रयास गरिने छ । साथै बेमौसमी तरकारी तथा फलफूलको उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याइने छ ।

८. फेवाताल संरक्षण ः माथि नै उल्लेख भएबमोजिम यस क्षेत्रको जलाधारको रूपमा रहेको फेवाताललाई संरक्षण गर्न विशेष पहल गरिने छ । जलाधार क्षेत्रमा प्राविधिकको राय अनुरूप वृक्षरोपण गर्ने, सामुदायिक वनको व्यवस्थापन, जलकुम्भी झार लगायत अन्य फोहोरको नियमित सरसफाइ, अतिक्रमण नियन्त्रण तथा आसपासका कोमागाने पार्क, बसुन्धरा पार्क, हिमा गृह आदिको संरक्षण र प्रबद्र्धनमा विशेष ध्यान दिइने छ । ताल प्राधिकरणलाई आधिकार सम्पन्न बनाउन नीतिगत व्यवस्था गरिने छ । वर्षेनी थुप्रिने माटोलाई नियमित रूपमा झिक्ने व्यवस्था गरिने छ । तालको चौघेरा कायम गरि आवश्यक ब्यूटिफिकेशन गरिने छ ।

९. नदी तथा ढल नियन्त्रण ः यस क्षेत्रको सहरी इलाकामा रहेको ढलको समस्या समाधान गर्न यथाशीघ्र पहल गरिने छ । पोखरा ५ र ६ यो समस्याबाट बढी प्रभावित देखिन्छ । लभ्लीडाँडाबाट रातामाटा जिरो किलोमिटर हुँदै आएको बाढीलाई फिर्के खोलामा निकास दिने गरी व्यवस्थापन गरिने छ भने ठूलीपोखरी÷खुँडेपोखरीबाट निस्कने बाढीलाई बुलौँदी खोलामा निकास दिएर व्यवस्थापन गरिने छ । यसैगरी पोखरा ५–६ मा रहेको सेती नहरको खुला भागमा जाली÷स्ल्याप राख्ने व्यवस्था मिलाई नहरमा हुने प्रदूषण र सम्भावित दुर्घटनालाई रोक्न र फेवामार्ग तलको करिब १७५ मि. खुल्ला ढलको व्यवस्थापन तत्काल मिलाइने छ ।

फेवाताल जलाधार क्षेत्रमा रहेका हर्पन खोला र अँधेरीखोलाबाट आउने बाढीलाई नियन्त्रण गर्न सिल्टेशन ड्याम निर्माणमा पहल गरिने छ । साथै खोलाका वरपरका बस्ती र खेतीयोग्य जमिनको संरक्षण अलवा यस क्षेत्रका अन्य स्थानीय खोलामा आउने बाढी र आकस्मिक जोखिम नियन्त्रण गर्न पहल गरिनेछ । हर्पन खोला घर पहिचान गरि साइकल ल्याण्ड र फुटपाथ निर्माण गरेर पर्यटन आकर्षित गर्न पहल गरिने छ ।

१०. होमस्टेको प्रवद्र्धन ः पर्यटन प्रवद्र्धन लगायत स्थानीय जनताको रोजगारीमा बृद्धि गर्नेउद्देश्यअनुरूप होमस्टेलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याइने छ । हाल विभिन्न वडा र पालिकाहरूमासञ्चालित होमस्टेको तथ्याङ्क संकलन गरी पालिकास्तरीय होमस्टे, स्थानीय वस्तु र सेवाकोप्रवाहमा प्राथमिकता दिने, होमस्टे सञ्चालनसम्बन्धी प्रशिक्षण दिने तथा आन्तरिक तथा बाह्य सेवाग्राहीलाई होमस्टेबारे जानकारी गराउन सूचना केन्द्रको स्थापना गर्न पहल गरिने छ ।

११. भूउपयोग नीति ः भूउपयोगसम्बन्धी राष्ट्रिय नीतिअनुरूप प्रदेश स्तरका जग्गाकोउपयोग गर्ने नीति अवलम्बन गरिने छ । सार्वजनिक र सरकारी जग्गा अतिक्रमण रोक्नर यस्ता स्थानमा उपयुक्त खालका वृक्षरोपण र सार्वजनिक पार्क र खेल मैदान निर्माण गर्नेनीति अवलम्बन गरिने छ । कृषियोग्य जग्गाको पहिचान गरी अन्नबाली, फलफूल, तरकारी तथा घाँसे मैदानको रूपमा उपयोग गर्न प्रोत्साहन गरिने छ । जग्गाको चक्लाबन्दीका लागि आवश्यक नीति अवलम्बन गरिने छ । साथै भूमिहीन नागरिकको उपयुक्त बासस्थानका लागि उपयुक्त स्थान पहिचान गरी नमुना एकीकृत बस्ती निर्माणको पहल गरिने छ । हालको पोखरा विमानस्थल स्थानान्तरण भई जाँदाका बखत उक्त जग्गालाई अन्तर्राष्ट्रिय स्तरको पार्क बनाउन उपयोग गरिने छ ।

१२. संस्कृति संरक्षण र हाम्रो अभियान ः पुराताइिभ्वक महइभ्वका सम्पदाहरूको संरक्षण, विकास र प्रवद्र्धनमा विशेष जोड दिइने छ । विभिन्न जातजातिका भेषभूषा, भाषा, लिपिको संरक्षणका अलवा जातिविशेषका बाजा, चाडपर्व, मेला एवम् संस्कृतिको प्रवद्र्धन गरिने छ । लेकसाइडको हिमागृह, रत्न मन्दिर, पुम्दीकोट, कास्कीकोट दरबार, गुप्तकालिका मन्दिर, तालबाराही मन्दिर, शिद्धबराह मन्दिर, शितल गुफा लगायत अन्य मठमन्दिरको संरक्षण र प्रवद्र्धनमा जोड दिइने छ । कास्कीकोट र पुम्दीको

१३. वन तथा वातावरण ः प्रदेशमा वनक्षेत्रको विकास र प्रवद्र्धनको स्पष्ट नीति बनाई वातावरण सन्तुलन, जीविकोपार्जन तथा आर्थिक क्रियाकलापमा जोड दिइने छ । पञ्चासे र एक्याप क्षेत्र लगायतका संरक्षित वनलाई पर्यटनसँग जोड्दै आयआर्जनमा जोडिने छ । लेकसाइडदेखि पञ्चासे र विरेठाँटीदेखि ए.वी.सी. सम्म ग्रिन वेल्ट निर्माण गर्ने, पञ्चासे क्षेत्रलाई खुल्ला चिडियाखाना
९इउभल श्यय० को रूपमा विकास गर्न पहल गर्ने, परम्परागत औषधिजन्य वनस्पतिलाई संरक्षण, उपयोग र प्रवद्र्धन गर्ने, पोखरा लगायत यस क्षेत्रका धारा, कुवा, पोखरी, चौतारी, धार्मिक एवम् ऐतिहासिक महइभ्वका वनस्पति संरक्षणमा पहल जारी राखिने छ ।

१४. ज्येष्ठ नागरिक, एकल महिला, दलित लगायत पछाडि परेका समुदायको संरक्षण : ज्येष्ठ नागरिक, एकल महिला, दलित एवम् पछाडि परेका व्यक्ति, र समुदायका लागि सम्मानपूर्वक जीउन पाउने आधिकारको सृजना गर्न हरसम्भव प्रयत्न गरिने छ । ‘सन्तानसँग ज्येष्ठ नागरिक’, ‘अपा·लाई माया होइन अवसर दिऔँ’ जस्ता भावनालाई सम्मान गर्न हामी प्रतिबद्ध छौँ । यस क्षेत्रअन्तर्गत प्रत्येक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापना र सञ्चालनका अतिरिक्त एकल महिला, अपा·ता भएका व्यक्ति, दलित तथा पिछडिएको समुदायका लागि रोजगारीको सृजना गरी सम्मानपूर्वक जीवनयापन गर्ने अवसरका लागि पहल गरिने छ । परिवेश, सामथ्र्य र रूचिको पहिचान गरी फरक क्षमता भएका नागरिकलाई आयआर्जनको अवसर जुटाउन हरसम्भव प्रयत्न गरिने छ ।

१५. खानेपानी तथा सरसफाइ ः नागरिकलाई सुरक्षित खानेपानी उपलव्ध गराउने दायित्व राज्यको हो भन्ने विषयमा हामी सचेत छौँ । आधारभूत खानेपानीको अभाव भएको स्थानमा सोको पूर्तिका लागि यशाशीघ्र पहल गरिने छ । आगामी पाँच वर्षभित्रमा सबै उपभोक्तामा गुणस्तरीय खानेपानी सुविधा उपलब्ध गराइने छ । पानीको प्रशस्त स्रोत भए तापनि व्यवस्थापनको कमजोरीका कारण खानेपानीको समस्या रहेको सन्दर्भमा धम्पुस–रैँचे–ढिकुरपोखरी–कास्कीकोट–सराङ्कोट बृहत् खानेपानी आयोजनालाई विशेष प्राथमिकतामा राखी यथाशक्य छिटो सम्पन्न गर्न पहल गरिने छ । पानीका मुहानहरूको संरक्षण गर्दै समग्र क्षेत्रमा ‘एक घर–एक धारा’ को अभियानलाई आगामी पाँच वर्षभित्र सम्पन्न गरिने छ । पर्यटक र बटुवाका लागि सार्वजनिक स्थानहरूमा पिउने पानीको व्यवस्था गरिने छ । घरबस्तीबाट निस्कने फोहोरको व्यवस्थापनका लागि कार्ययोजना तयार गरिने छ । विभिन्न पालिका र वडाबिच समन्वय गरी साझा सवालहरुमा एकीकृतरूपमा काम गर्ने वातावरण मिलाइने छ । प्रत्येक घरमा पक्की शौचालय निर्माणलाई अनिवार्य गरिने छ ।

१६. युवा तथा खेलकुद ः युवा नै परिवर्तनको वाहक हो भन्ने भनाइलाई सार्थक बनाउन राष्ट्र निर्माणमा युवाशक्तिको भरपुर उपयोग गर्ने नीति अवलम्बन गरिने छ । उनीहरूमा राष्ट्रभक्ति, सृजना, र स्वयम्सेवी भावना जागृत गराई रूचि, क्षमता र सम्भावनाका आधारमा उद्यमी बन्न प्रोत्साहित गरिने छ । ‘नवप्रवर्तनमा युवा’ नामक कार्यक्रम सञ्चालन गरी स्वदेशी एवम् वैदेशिक रोजगारीका लागि आवश्यक सिप प्रदान गर्ने व्यवस्था मिलाइने छ । विभिन्न क्षेत्रमा गठित युवा क्लबहरूलाई परिचालन गर्ने नीति लिइने छ । कृषि, पर्यटन लगायतका क्षेत्रमा युवालाई एकीकृत गर्ने विभिन्न कार्यक्रमहरू ल्याइने छ । अनुशासन र व्यक्तित्व विकासका लागि खेलकुद भन्ने नाराका साथ क्षेत्रका प्रत्येक वडामा कम्तिमा एक खेलमैदान निर्माण गरी युवा खेलाडी उत्पादन गर्ने नीति लिइने छ । माछापुच्छ«े स्टेडियमलाई स्तरोन्नति गरि चलनमा ल्याइने छ । उपयुक्त स्थलमा प्याराग्लाइडिङ, बञ्जी जम्पिङजस्ता साहसिक खेलको प्रवद्र्धन गरी युवाको संलग्नतालाई प्रोत्साहन गरिने छ । खेलका क्षेत्रमा संलग्न भई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेका खेलाडीको जीविकोपार्जनको ग्यारेण्टी गरिने छ ।

१७. शिक्षा ः गुणरस्तरीय शिक्षामार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ । हाल सञ्चालित सामुदायिक विद्यालयहरूको शैक्षिक स्तरउन्नति, रोजगारमूलक एवम् प्राविधिक शिक्षामा जोड, समुदायस्तरबाट एक पर्यटन कलेजको स्थापनामा जोड दिइने छ । शिक्षामा सबैको पहँुच बनाउन सरोकारवालाहरू समेतको परामर्शमा आवश्यक
नीति तय गरी तत्काल कार्यान्वयनमा ल्याइने छ । स्थानीय पाठयक्रम तयार गरी स्थानीय पहिचान झल्कने गरी पठनपाठन गर्ने व्यवस्था मिलाइने छ । पृथ्वीनारायण क्याम्पसलाई यस क्षेत्रको शैक्षिक केन्द्रको रूपमा विकास गर्न आवश्यक पूर्वाधार, साधन–स्रोत सम्पन्न बनाई सर्वसाधारणलाई गुणस्तरीय उच्च शिक्षाको अवसर प्रदान गर्न सार्थक पहल गरिने छ ।

१८. स्वास्थ्य ः ‘स्वस्थ नागरिक समृद्ध प्रदेश’ भन्ने उक्तिलाई व्यवहारमा उतार्न यथाशक्य पहल गरिने छ । स्वास्थ्य बिमा कार्यक्रमलाई अनिवार्य बनाई तोकिएका ठाउँबाट सहजरूपमा स्वास्थ्य सेवा लिने वातावरण तयार गरिने छ । क्षेत्रभित्रका प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरी कम्तिमा एक जना मेडिकल अफिसरबाट सेवा प्रदान गर्ने पहल गरिने छ । मौजुदा स्वास्थ्य संस्थाहरूबाट नियमित स्वास्थ्य सेवा प्रवाहका लागि औषधि, प्राविधिक र अन्य व्यवस्थाहरू उपलब्ध गराइने छ । कम्तिमा अर्धवार्षिक रूपमा प्रत्येक वडामा विशेषज्ञसहितको घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । अपा·, अति विपन्न, अशक्त पक्षका लागि निशुल्क स्वास्थ्य सेवाको व्यवस्था मिलाइने छ । अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पताललाई यथाशक्य छिटो सम्पन्न गरी सेवा प्रवाहको व्यवस्था मिलाइने छ । प्रत्येक माध्यमिक विद्यालयमा एक जना स्टाफ नर्सको व्यवस्थाका लागि पहल गरिने छ ।

१९. सहकारी र वित्त ः संविधानले परिकल्पना गरेको तीनखम्बे अर्थ नीतिलाई आधारभूत स्तरसम्म लैजान आवश्यक नीतिहरू तय गरिने छ । सहकारीलाई उत्पादनसँग जोड्दै यसको विश्वसनीयता कायम राख्न थप नीतिहरू निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइने छ ।

२०. सुकुम्बासी समस्याको सम्बोधन ः सुकुम्बासीसम्बन्धी राष्ट्रिय नीतिको आधारमा समस्याको समाधानार्थ तत्काल थप पहल गरिने छ । वास्तविक सुकुम्बासीको पहिचान गरी एकीकृत बस्ती बसाली समस्याको स्थायी समाधानका लागि यथोचित पहल गरिने छ । मूलतः जग्गाधनी प्रमाणपूर्जाविहीन र अव्यवस्थित बसोबासको समस्यालाई सम्बोधन गर्न
विशेष ध्यान दिइने छ ।

२१. उर्जा ः ‘हाम्रो प्रदेश उज्यालो प्रदेश’ भन्ने नारालाई आत्मसात गर्दै उपलब्ध ऊर्जाको स्रोतको अधिकतम उपयोगको साथ थप ऊर्जा उत्पादनमा आवश्यक नीति तय गरिने छ । बजार क्षेत्र भएर पनि बिजुली नपुगेको पोखरा–५ का नयाँ बस्ती लगायत यस क्षेत्रका विद्युतविहीन स्थानर बस्तीहरूमा तत्काल बिजुलीको प्रबन्ध गरिने छ । लत्रे झुण्डिएका तारको व्यवस्थापनका अलवा जीर्ण विद्युत पोल विस्थापन गरी नयाँ राख्न पहल गरिने छ । हरेक कुना र बस्तीमा उद्योग सञ्चालन गर्ने क्षमताको थ्री फेस लाइन विद्युत जडान गर्न पहल गरिने छ ।

२२. दैवी प्रकोप विपत् व्यवस्थापन ः भूगोल र हावापानीको हिसावले जोखिमपूर्ण रहेको यस क्षेत्रमा वातावरणीय विशिष्टता अनुरूपका विकास योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिने छ । दैवी प्रकोप विपत्बारे पूर्व सूचना संयन्त्रको विकास गरी क्षति न्यूनीकरणमा पहल गरिने छ । विभिन्न स्रोतबाट रकम जम्मा हुने गरी प्रत्येक वडामा वडाध्यक्षको अध्यक्षतामा
स्थानीय दैवी प्रकोप उद्धार कोषको स्थापना गर्न पहल गरिने छ ।

२३. महिला तथा बालबालिका ः राष्ट्रिय विकासमा महिलाको उपस्थिति र सहभागितालाई अर्थपूर्ण बनाउन पहल गरिने छ । मौजुदा संवैधानिक एवम् कानुनी व्यवस्थाको कार्यान्वयनमा जोड दिइने छ । महिलाको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू ल्याइने छ भने महिला अधिकारबारे जनचेतना अभियानका कार्यक्रमहरू तय गरिने छ । महिला विरूद्ध हुने सबै प्रकारका हिंसाप्रति शून्य सहनशिलताको नीति अख्तियारी गरिने छ । राज्यका कर्णाधारको रूपमा रहेका हरेक बालबालिकाको पोषण, स्वास्थ्य, शिक्षा र सुरक्षाजस्ता विषयमा विशेष ध्यान दिइने छ । ठाउँठाउँमा बाल उद्यानको स्थापनाका साथै बालमैत्री संरचनाको निर्माणमा ध्यान दिइने छ ।

२४. संघ संस्थाहरूको परिचालन ः यस क्षेत्रमा क्रियाशील विभिन्न सरकारी, गैरसरकारी, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय संघसंस्थाका अलवा नागरिक समाजलाई उनीहरूको प्रकृति र उद्देश्यबमोजिम क्षेत्रको विकासमा क्रियाशील बनाउने नीति अङ्गीकार गरिने छ । बस्तीबस्तीका आमा समूह, युवा क्लब, टोल विकास संस्था, उपभोक्ता समूहबिच समन्वय गर्ने संयन्त्र गरी उनीहरूलाई राष्ट्रिय विकासमा संलग्न गराउने नीति अख्तियार गरिने छ ।

२५. प्रतिबद्ध ः लोकतन्त्रको सहज अभ्यासका रूपमा रहेको निर्वाचन हाम्रा लागि नयाँ नभए पनि हामी अहिले इतिहासको अत्यन्तै कठिन र चुनौतीपूर्ण मोडमा उभिएका छौँ । स्वभाविक ढ·को आवधिक निर्वाचन भए तापनि ठूलो बलिदानबाट प्राप्त संविधानमाथि प्रहार गर्ने काम अझै कायम छ भने शान्ति सम्झौतामा हस्ताक्षर भएको १६ वर्षसम्म पनि शान्ति प्रकृयाले अझै पूर्णता नपाइसकेको अवस्थामा यी महइभ्वपूर्ण विषयहरूको सम्बोधन गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा यहाँहरूमाझ पाँच दलीय गठबन्धनका उम्मेदवारहरू प्रस्तुत भएका छौँ । यसका निम्ति माथि उल्लेखित प्रतिबद्धता र हामी सम्बद्ध दलका केन्द्रीय प्रतिबद्धता इमान्दारीका साथ पालना गर्न हामी कत्ति पनि विचलित हुने छैनौँ ।

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.