www.tandavnews.com
Fact ~ In search of truth

‘जतनाले दिएको समर्थनले उत्साहित छु’ : एमाले उम्मेदवार अधिकारी

पोखरा ।

नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नं १ (१) का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले जनताबाट पाएको माया, सद्भाव र समर्थनले आफू उत्साहित भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं २७ र ३१ मा भएको घरदैलो कार्यक्रममा नेता अधिकारीले उक्त कुरा बताएका हुन् ।

एमालेका संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको विकासको लागि एमाले जनताको रोजाई रहेको बताए । त्यहाँका स्थानियले जनताको सुख दुःखमा सदैव साथ रहने नेताको रुपमा खगराज अधिकारीलाई पाएको भन्दै आगामी निर्वाचनबाट निर्वाचित भएर विकासका थप कामलाई अगाडी बढाउन आग्रह गरे ।

Batas

उम्मेदवार अधिकारीले आफू सदैव आफू जनताको बिचमा रहेर काम गर्दै आएको बताउदै जनताकै सल्लाह र समन्वयमा विकासका योजनाहरु अगाडी बढाईने बताए ।

वडा नम्वर २७ को घरदैलोको क्रममा स्थानीयले आफ्नो अभिभावकको रुपमा नेता अधिकारीले सहयोग गर्दै आएको उल्लेख गर्दै जितको अग्रिम शुभकामना दिएका थिए ।

कास्की क्षेत्र १ (१) मा नेकपा एमालेले मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर प्रचार प्रसारलाई तिव्रता दिएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.