www.tandavnews.com
Fact ~ In search of truth

बर्खास्तीबारे सान्दर्भिक उत्तर नआए मुख्यमन्त्रीको सनसनी भिडियो सार्वजनिक गर्छु : पूर्व मन्त्री खड्का

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारबाट बर्खास्तीमा परेका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सन्सनी भिडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन् । बर्खास्तीको कारण बारे चित्त बुझ्दो जवाफ नापाए अडियो/भिडियो सार्वजनिक गर्ने बताएका हुन् ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वमन्त्री खड्काले भने,‘मलाई किन बर्खास्त गरियो ? यसको चित्त बुझ्दो जवाफ नआए चुनावपछि मुख्यमन्त्रीको सन्सनी अडियो भिडियो सार्वजनिक गर्छु ।’

Batas

उनले पछिल्लो समय मुख्यमन्त्रीसँग सम्बन्ध चिसिएको पनि सुनाए । अपमानजनक रुपमा मन्त्रीबाट बर्खास्त गरिएपनि काँग्रेसकै कार्यकर्ता भएर उम्मेदवार जिताउन लागिपर्ने उनको भनाई छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.