www.tandavnews.com
Fact ~ In search of truth

मेराे जित सुनिश्चित छ : पन्त

पोखरा।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कास्की क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा युवा नेता सुर्वण राज पन्तले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । बिहिबार पोखराका विभिन्न वडामा मतदाताको घर दैलोमा पुगेका उनले मतदाताको मनोभावना हर्दा जित निश्चित रहेको बताएका हुन् ।

राप्रपाका युवा नेता पन्तले विरामी भएर अस्पताल जानु भन्दा कसरी निरोगी बन्न सकिन्छ भन्नेमा जनतालाई प्रष्ट पार्दै आएका छन् । उनी भन्छन्,‘विरामी भएर अस्पताल जाने हाम्रो प्रचलन गलत छ । सकभर कसरि विरामी नहुने ख्याल गर्नुप¥यो ।’

लामो समय स्वास्थ्य क्षेत्रमा कार्यरत ब्यवसायी पन्तले पोखरालाई स्वास्थ्य हवको रुपमा विकास गर्नुपर्नै धारणा राख्दौ आएका छन् ।

Batas

पोखरा महानगरपालिका–८ सृजनाचोक घर भई स्वास्थ्य सेवामा कार्यरत पन्त नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई र गठबन्धनका उम्मेदवार श्रीनाथ बरालसंग चुनावी मैदानमा रहेका छन् । पन्तको उम्मेदवारीलाई पुराना पुस्ता र नयाँ पुस्ता बिचको चुनावी लडाईको रुपमा हेरिएको छ ।

सुर्वणराज पन्तको घोषणा पत्र:

सुर्वणराज पन्तको घोषणा पत्र सार्वजनिकः मुट तथा महिलाको पाठेघरको निःशुल्क परिक्षण

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.