www.tandavnews.com
Fact ~ In search of truth

जापानमा सन् १९८२ यताकै उच्च स्तरमा उक्लियो महँगी

जीवन सुवेदी
टोकियो।
पछिल्ला केही महीनायता जापानमा जीवनयापन महँगो बनेको छ । आपूर्ति शृङ्खलामा उत्पन्न अप्ठ्याराहरुका कारण विश्वभर महँगी बढिरहेकै समयमा अमेरिकी डलरको तुलनामा जापानी येन कमजोर बन्दा जापानमा आयातित सामान महँगो बन्दा आम जनजीवन महँगीको चपेटामा आएका छन् ।

यो तथ्यांकले इन्धन देखि खाद्यान्न सम्म हरेक चिजको भाउ बढिरहँदा जापाानी कम्पनीहरुको मूल्य बढाउनु हुन्न भन्ने धारणा परिवर्तन भइरहेको देखाएको छ । गत वर्षको सोही अवधिको तुलनामा अक्टोबरमा भाउमा तीव्र उतारचढाव आउने ताजा खाद्यान्न बाहेकका वस्तुको भाउ मापन गर्ने कोर उपभोक्ता मूल्य सूचक (सीसीपीआई) ३ दशमलव ६ प्रतिशतले बढेको छ ।

यो वृद्धि सन् १९८२ को फेब्रुअरीयताकै उच्च हो । सो अवधमिा सीसीपीआई साढे ३ प्रतिशतले बढ्ने अपेक्षा गरिएको थियो । योसँगै लगातार सातौं महीना पनि कोर सीपीआई जापानी केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे)को लक्षित बिन्दुभन्दा माथि रहेको छ ।

Batas

हालैका दिनमा येनको भाउमा आएको सुधार र सरकारले महँगीको मार कम गर्न ल्याएको टेवा कार्यक्रमका कारण छिटै महँगी नियन्त्रण हुने आशा गरिएको छ । वर्षको अन्त्यसम्ममा महँगी उचाईमा पुगेर नयाँ वर्षदेखि घट्न थाल्ने विश्व बजारमा अन्नको भाउ घट्न थालेको तर्फ औंल्याउँदै नोरिनचुकिन रिसर्च इन्ष्टिच्यूटका प्रमुख अर्थशास्त्री ताकेशी मिनामीले भनेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.