www.tandavnews.com
Fact ~ In search of truth

गुल्मीमा एमाले सचिव विष्ट विजयी

गुल्मी ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेका हुन् ।

एमालेका उम्मेदवार विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन् ।

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.