पोखरा
लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्। सुरुवातमा माओवादीका देव गुरुङले अग्रता लिएको भए पनि मतगणना अन्तिमतिर जाँदै गर्दा पछि पर्दै गएका थिए।
पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ र देव गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरे । यस क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा निर्वाचनमा देव गुरुङ विजयी भएका थिए। पृथ्वी सुब्बा गुरुङ पनि यही जिल्लाबाट प्रदेश सभामा निर्वाचित भएका थिए।
पृथ्वीसुब्बा गुरुङ एमालेका उपमहासचिव हुन्। उनी गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पनि हुन्। उनी २०७४ देखि २०७७ सम्म सो प्रदेशको मुख्यमन्त्री बनेका थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा उनी लमजुङ १ १ बाट निर्वाचित भएका थिए । उनी २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ २ बाट निर्वाचित भएका थिए। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने पराजित हुन पुगे। उनी २०६३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए।
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.