www.tandavnews.com
Fact ~ In search of truth

वि क्यान ग्रुपको अध्यक्षमा राजन पन्थी

पोखरा।
युवाहरुद्धारा सञ्चालित वि क्यान ग्रुपको अध्यक्षमा राजन पन्थी चयन भएका छन् । मङसिर १० गते पोखरामा भएको पाँचौ साधारणसभाबाट पन्थी सहितको ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्षमा विकल्प के.सी, सचिवमा श्री कृष्ण न्यौपाने, सह–सचिवमा सृजना कार्की भट्टराई, कोषाध्यक्षमा दीपक आचार्य, सह–कोषाध्यक्षमा शिला विश्वकर्मा र सदस्यहरुमा अमृता वास्ताकोटी, उमेश रेग्मी, एलिजा क्षेत्री र डा. मनिष शाह चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख नारायण सुवेदीले समाज परिर्वतनमा युवाको अग्रसरता आवश्यक रहेको बताए ।

Batas

सामाजिक सञ्जाल मार्फत समाज सेवामा अग्रसर रहेको उक्त गु्रप २०७२ सालमा स्थापना भएको भइ अन्तरास्ट्रीय सँघ,सस्थासँग समन्य गरि, शिक्षा, स्वास्थ, नेतृत्व विकास, अभिमुखिकरण, विश्व शान्ति लगायतका तमाम विषय मा काम गरेको अध्यक्ष पन्थीले बताए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.