www.tandavnews.com
Fact ~ In search of truth

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ।
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला रु एक लाख तोकिएको छ । त्यस्तै चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ८० मूल्य कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Batas

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९१ दशमलव ३५ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.