www.tandavnews.com
Fact ~ In search of truth

एघारैँ पोखरा महोत्सव पौष २७ देखि

पाेखरा।
एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव आयोजक युनाईटेड क्लवले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र परिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा वोल्दै पोखरा महोत्सव मुल आयोजक समारोहका संयोजक तथा युनाईटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठले एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको वताए । अध्यक्ष श्रेष्ठका अनुुसार १३ दिन सम्म आयोजना हुने महोत्सवको सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन। स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि वढ्दै आएको युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन , सेती नदी संरक्षण र दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

जस अन्तर्गत युनाईटेड क्लवले पोखरा महोत्सवको आम्दानीबाट युनाइटेड क्लव पोखराले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको शिक्षाको लागी १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोषको स्थापना, आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी स्वास्थ शिविरको आयोजना गरी जनसमुदायलाई प्रत्यक्ष स्वास्थ्य लाभ दिने, युवाहरुलाई कुलतमा फस्नबाट रोकी खेलकुदको माध्यमबाट सवल र सक्षम नागरिक बनाउनको लागी क्लव आफैले विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुका विभिन्न संघ संस्थाहरुले आयोजना गरेको राष्ट्रिय तथा स्थानिय खेलकुद प्रतियोगितामा प्रायोजक, प्रवद्र्धक तथा सहयोगी संस्थाको रुपमा रहि टेवा पु¥याउदै आइरहेको समेत क्लवका अध्यक्ष श्रेष्ठले वताए ।

Batas

क्लवले स्थापना कालदेखीनै पोखरा महोत्सवको आयोजना गरी पोखरामा खुल्ला चिडियाखाना निर्माण हुनुपर्छ भन्ने अभिप्रायले पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा तत्कालिन नेपाल सरकारका स्वास्थ्यमन्त्री खगराज अधिकारीबाट २०७२ साल साउन १५ गते सिलान्यास गरी विभिन्न भौतिक संरचना निर्माणका लागी हाल सम्म ५५ लाख ८५ हजार नगद प्रदान गरिसकेको क्लवका महासचिव शान्त बहादुर थापाले वताए । क्लवले आफ्नो लक्ष्य अनुसार क्लवले पोखरा महानगरपालिका २६ अर्चलेमा ५ रोपनी जग्गा समेत खरिद गरेको वताउदै महासचिव थापाले उक्त जग्गामा निकट भविष्यमा क्लवको उद्येश्य अनुसार भौतिक संरचना निर्माण गरिने समेत वताए ।

एघारौ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड शन्नी इन्डष्ट्रीज प्रा.लि. रहेको छनभने महोत्सवको मुख्य प्रायोजक, उपप्रायोजक, प्रयोजकहरु, अफिसियल बैँक, अफिसियल पानी, अफिसियल इन्टरनेट वल्र्डलिंक कम्युनिकेशन प्रा.लि., विद्युतिय सुरक्षामा स्काईलिंक टेक्नोलोजी, अफिसियल होटल, अफिसियल इन्सुरेन्स , प्रवद्र्धक, विशेष सहयोगी संस्था, सहयोगी संस्थाहरु, मिडिया पार्टनरहरु को खोजी कार्य जारी रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा अपाड्ड, वृद्धवृद्धा, एकल महिला, पत्रकार ,सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) निःशुल्क प्रवेश गराईने र पर्यटन प्रर्वद्धन ,प्रर्यटकिय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराउनुका साथै कृषि तथा हस्तकलाका स्टलहरु विशेष छुटमा प्रदान गरिएको आयोजकले जनाएको छ ।

महोत्सवले देशको कला, संस्कृति, भेष–भुषाको संरक्षणमा टेवा पु¥याउने, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउने, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउने, गण्डकी प्रदेशको पर्यटकिय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा वाध्य उत्पादित वस्तुको बजार सहजीकरण गराउने उद्येश्य लिएको छ । त्यसैगरी महोत्सवको माध्यामबाट सबै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमन गराई रोजगार सृजना गराउने र उद्योगको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी तथा झांकी प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती लगायतका गतिविधी हुनेछनभने महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु द्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, झाकी प्रस्तुती, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.