www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै

काठमाडौं।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्दै छन् । यसका लागि सम्पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

प्रतिनिधिसभामा नवनिर्वाचित ज्येष्ठ सदस्य जबराले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथ हिजै लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।

Batas

शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ । मातृभाषामा शपथ लिन चाहने सांसदलाई आज बिहान ११ बजेसम्मको समय दिइएको छ ।

हिजोसम्म २६ जनाले नेपाली बाहेकका अन्य १४ वटा मातृ भाषामा शपथ गर्नका लागि संसद सचिवालयमा जानकारी गराएको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान कार्यक्रममा राष्ट्रियसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.