www.tandavnews.com
Fact ~ In search of truth

ओली, प्रचण्ड र लामिछानेबीच भेटवार्ता

भक्तपुर।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल भएको छ ।

सो छलफलमा राष्ट्रिय जनता पार्टी ( राजपा) का नेता अशोक राई पनि सहभागी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आव्हान गरेकाे एक हप्ताको समय आज पाँच बजे सकिनु अघि सो भेटवार्ता भएको हो ।

भेटवार्तामा एमाले, माओेवादी, रास्वपा र राजपाका शीर्ष नेता पनि सहभागी रहेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । सो भेटवार्ताअघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेट भएको थियो ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.