www.tandavnews.com
Fact ~ In search of truth

बालकोट बैठक : माओवादी अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउने सहमति

राष्ट्रपति र सभामुख एमालेलाई

काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै बालकोट बैठक सकिएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, जसपा नेता अशोक राईबीच माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको हो ।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आज बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउन १६६ सांसदको समर्थन रहने नेकपा एमालेमा महासचिव शङ्कर पोखरेलले जनाकारी दिए।

Batas

प्रतिनिधिसभा रहका दलहरू एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित माओवादी अध्यक्ष दाहाललाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनाउने सहमति भएको महासचिव पोखरेलले जानकारी दिए।

अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पेश गर्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्री दाबी गर्न नेताहरू राष्ट्रपति कार्यालय जाँदै छन्।

नेकपा एमालेले राष्ट्रपति र सभामुख लिने नेताहरू बीच सहमति भएको जनाइएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.