www.tandavnews.com
Fact ~ In search of truth

तालबाराही दर्शनसँगै सुरु भयो ‘तिम्रो मेरो साथ’को मोफसल टुर

पोखरा ।

आगामी पौष २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तिम्रो मेरो साथ’को मोफसल टुर आज मंगलबार पोखराबाट सुरु भएको छ ।

फिल्मका निर्देशक रमेश एमके पौडेलकका अनुसार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौं पुगेर सम्पन्न हुनेछ।

Batas

आजबाट मोफसल यात्रामा निस्केको फिल्मको टिमलाई पोखरामा दर्शक तथा मिडियाकर्मीबाट मिलेको साथले पनि निकै ठुलो हौसला मिलेको फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन्।

फिल्मको सार्वजनिक टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफु र आफ्नो टिम निकै उत्साहित भएको निर्देशक पौडेलले सुनाए । आजबाट मोफसल यात्रामा निस्केको फिल्मको टिमलाई पोखरामा दर्शक तथा त्यहाँ सञ्चालनमा रहेका मिडियाकर्मीबाट मिलेको साथले पनि निकै ठुलो हौसला मिलेको फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन्।

मोफसलका अन्य शहरमा पनि यस्तै न्यानो साथ र स्वागतको अपेक्षा रहेको अभिनेता पुष्प खड्काले बताए । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ।

मोफसलका अन्य शहरमा पनि यस्तै न्यानो साथ र स्वागतको अपेक्षा रहेको अभिनेता पुष्प खड्काले बताए । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषालरयोगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । फिल्मको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.