www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशसभा ज्येष्ठ सदस्यलाई शपथ

पाेखरा।
गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान् गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको सरकारी निवासमा आज आयोजित समारोहमा उनले शपथ लिएका हुन्।

बस्याल पर्वतको प्रदेशसभा(ख) बाट नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनको जन्म विसं २०१४ भदौ ५ गते पर्वतमा भएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । ज्येष्ठ सदस्य बस्यालले बिहीबार अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम छ ।

शपथ ग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्री, नवनिर्वाचित प्रदेशसभा सदस्य, सरकारी उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.