www.tandavnews.com
Fact ~ In search of truth

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

काठमाडौँ ।

ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।

पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो । यसैगरी सन् २००० मा पेले फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए । सत्र वर्षको उमेरमा अन्तर्राष्टिय फुटबलमा डेब्यु गरेका पेलेको वास्तविक नाम भने एजिडिसरन एरेन्टस डो नासिमेन्टो हो ।

Batas

पेले पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनी ब्राजिलको मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मिएका थिए ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.