www.tandavnews.com
Fact ~ In search of truth

सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : वरिष्ठ नेता पौडेल

दमौली।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताएका छन्। तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उहाँले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे।

अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उललेख गर्दै पौडेलले भने, “कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छ ।” कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतले कांग्रेसले प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्दै जनताको मन जित्न सक्नुपर्ने बताए।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.