www.tandavnews.com
Fact ~ In search of truth

आज मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ‘खगराज अधिकारी’

पोखरा
ताण्डव न्यूज ।

नेकपा (एमाले) नेता खगराज अधिकारीले आज गण्डकीको मुख्यमन्त्री दाबी पेस गर्दैछन् । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित अधिकारीले  सत्तारुढ गठबन्धनको तर्फबाट ३२ सांसदको समर्थनसहित दाबी पेस गर्नेछन् ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज अपराह्न ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् ।  पुस २१ गते प्रदेश प्रमुख गुरुङले ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए ।

Batas

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । एमालेसँग २२ र माओवादीको ८ सिट छ । केन्द्रीय गठबन्धनका सामेल भएको राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाको गण्डकीमा २ सिट छ । यी तीन वटा दल मिलेर गण्डकीमा ३२ सिट पुग्छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.