www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी सरकार: मन्त्री बन्ने लाइनमा को-को छन् ?

पोखरा
ताण्डव न्यूज ।

नेकपा(एमाले) गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गर्दैछन् । अधिकारीले पेस गरेको दाबी प्रदेश प्रमुखले पारित गरेसँगै मन्त्रीमण्डल गठनका लागि बाटो खुल्नेछ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमाले, माआवादी र राप्रपाको कुल ३२ सिट पुग्छ । यहि ३२ सदस्यको समर्थनमा मुख्यमन्त्री अधिकारी बन्ने निश्चित भएपनि मन्त्रीमण्डलमा को-को रहने भन्नेबारे दलहरुबिच छलफल चलिरहेको छ ।

Batas

स्रोतका अनुसार गण्डकी प्रदेशको सभामुखमा माओवादी केन्द्रका कुशुम बुढा र कृष्ण धितालको सम्भावना छ । यि मध्ये एक जना सभामुख भए अर्का मन्त्री हुनेछन् ।

यस्तै उपसभामुखमा एमालेकी पदमा जिसीको बलियो सम्भावना छ ।

दलहरुबिचको छलफलमा सहभागी एक नेताका अनुसार एमालेका रोशन गाहा मगर र लिल बहादुर थापा मगर , माओवादी केन्द्रका हरी चुमान र राप्रपाका पंच राम गुरुङ मन्त्री बन्ने सम्भावना छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.