www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा मनिपाल कलेज: ब्याच २०२१ का विद्यार्थीले लगाए ‘ह्वाइट कोट‘

पोखरा ।

पोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा ‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीहरुलाई ‘ह्वाइट कोट‘(सेतो कोट) प्रदान गरिएको हो ।

आज (मंगलबार) दिपस्थित कलेज प्राङ्गणमा आयोजित सभामा डा. शिशिर गोख्ले र डा. अभिषेक मास्केले १ सय विद्यार्थीहरुलाई कोट प्रदान गरे । कोट प्रदान गर्दै उनिहरुले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे । ह्वाइट कोटसँगै विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्व अझ बढ्ने भएकाले संवेदनशिलताका साथ अघि बढ्नुपर्ने उनिहरुको सुझाव थियो ।

Batas

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले विद्यार्थीहरुलाई डाक्टरप्रति आम मानिसको मनोविज्ञान र त्यसमा खेल्नुपर्ने भूमिकाबारे धारणा राखे । उचित समयमा डाक्टरबाट प्राप्त गरिने सल्लाह सुझावले स्वास्थ्य जिवनशैलिका लागि महत्वपुर्ण हुने उनको भनाई थियो ।

पोखरा मनिपालका बोर्ड सदस्य नारायण पौडेलले कलेजको गुणस्तरबृद्धिका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए । सामाजप्रतिको उत्तरदायित्व बहन गर्दै सुविधासम्पन्न सेवा उपलब्ध गराइने उनको भनाई थियो ।

मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपका सिइओ अनिल अडुविलले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे ।

कलेजका डा. दयाराम पोखरेलले सेतो कोटलाई सम्मान गर्दै जिम्मेवार भएर सफल अध्ययनका लागि शुभेच्छा प्रकट गरे ।

कलेजका पहिलो ब्याचका विद्यार्थि डा. पदम बहादुर खड्काले विगत सम्झिदैँ मनिपालको विद्यार्थि हुनुमा गौरव रहिरहने सुनाए । डा. खड्काले विश्वकै स्वास्थ्य संस्थाहरुमा मनिपालबाट उत्तिर्ण विद्यार्थीहरुको बलियो प्रभाव पर्ने भएकाले मर्यादीत एवं जिम्मेवार भएर अघि बढ्न सुझाए ।

सो अवसरमा कलेजका विद्यार्थी एवं गोल्ड मेडलिस्ट डाक्टर जायज अधिकारीलाई सम्मान गरिएको थियो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.