www.tandavnews.com
Fact ~ In search of truth

१६ वर्ष पछी राज्यले पृथ्वी नारायण शाहालाई न्याय गरेको छ : मन्त्री गुरुङ

पोखरा ।
गण्डकी प्रदेशका विना विभागीय मन्त्री पञ्चराम गुरुङले १६ वर्ष पछी राज्यले पृथ्वी नारायण शाहमाथी न्याय गरेको बताए छन् । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले शाहको जन्म जयन्ती मनाएर राम्रो काम गरेको उनले सुनाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेको ३ सय १ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा पोखरा १८ को जामुनबोटमा रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्ण गर्दै गुरुङ पृथ्वीको भनाई अहिले पनि अनुशरण गर्नुपर्ने रहेको बताए ।

“नेपाल दुई ढुङ्गाबिचको तरुल हो’’ “घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’’ यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । आज भन्दा ३ सय वर्ष अघिको पृथ्वीको दिब्य उपदेश अहिले लागू गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । स्वाभिमान नेपाली र स्वतन्त्र नेपालीको लागि पुष २७ हर्सको दिन हो‘गुरुङले भने,‘ राजा मात्र थिएनन दुर्दशाी मात्र थिएनन् देश र जनताको लागि इमान्दार भएर देश र जनताको लागि राष्ट्र निर्माता पनि थिए ।’

Batas

ईतिहास भुल्न हुदैन भन्दै पृथ्वीले राष्ट्र निर्माणमा दिएको योगदान संबिधानमा नै समावेश गर्नुपर्ने बताए । “विशाल नेपाल बनाउन अभियान गर्नु भयो । यो अभियान कुनैपनि हालतमा बिर्सन हुदैन ।’’ डाक्टर दिल बहादुर क्षेत्रीले राष्ट्रिय प्रजान्त्र पार्टीले मात्र नभइ सम्पुर्ण नेपाली जनताले पृथ्वीलाई सम्झनुपर्ने बताए । पृथ्वीलाइ जाती र संस्कार र समुदाय भन्दा माथी राखेर सबैको साझा बनाएर सम्मान गर्नुपर्ने हुन्छ ।

आजभन्दा लगभग ३०० वर्षअघि २२ से अनि २४ से राज्यहरूका रूपमा नेपाल एउटा विभाजित अनि स–साना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, स्वीकारोक्ति अनि गोर्खाली वीर सिद्धान्तका प्रतिपादक यिनै महान् राजालाई मानिन्छ ।

विक्रम संवत् १७७९ पौष २७ मा पिता राजा नर भूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधुनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधीन रहेको तत्कालीन पन्जाबदेखि सिक्किम सम्मका नेपाली भूभाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उति बेला रहेको थियो ।

यी राजालाई नेपाल मात्र नभई दक्षिण एसियासम्म एउटा दूरदर्शी अनि राष्ट्रियताको प्रतीक नेतृत्वका रूपमा हेरिन्छ । हरेक वर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । केवल एउटा राजाको जन्मदिन मात्र नभई सिङ्गो नेपालको पहिचान अनि नेपालीपनको बिगुल फुकिएको र झकझक्याउने दिनका रूपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाइन्छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.