www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विमान दुर्घटनाः ४८ शव काठमाडौँमा लगिँदै

पाेखरा।

आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौँ लगिने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।

दुर्घटनामा सवार ७० जनाको शव प्राप्त भएको छ भने दुई जना अझै हराइरहेका छन् । पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव यहीँ नै आफन्तलाई बुझाउन लागिएको छ ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.