www.tandavnews.com
Fact ~ In search of truth

मनिपाल शिक्षण अस्पतालको ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा, अस्पताल र पोउवा संघ बिच सहमति पत्रमा हस्ताक्षर

पोखरा।
मनिपाल शिक्षण अस्पताल र पोखरा उद्योग वाणिज्य संघ बिच ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र पोखरा उद्योग वाणिज्य संघ बिच सहमति भएको हो ।

मंगलबार अस्पतालको तर्फबाट अस्पताल निर्देशक डा अभिशेक मास्के र पोखरा उद्योग वाणिज्य संघकाे तर्फबाट अध्यक्ष पवन प्रजापतीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

ब्यवसायिक प्रतिष्ठान तथा संघ संस्थाहरुले यो योजनाको लाभ लिनका लागि संघ,संस्था तथा ब्यवसायिक प्रतिष्ठानमा कम्तिमा ५० सदस्य हुनु पर्ने छ ।

Batas

ब्यबसायिक प्रतिष्ठान तथा संघ,सस्थाहरुलाई स्वास्थ्य परिक्षणमा सुबिधा उपलब्ध गराउने हेतुले मनिपाल शिक्षण अस्पातलले स‌ंस्थागत स्वास्थ्य सेवा छुट योजना ल्याएको हाे ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.