www.tandavnews.com
Fact ~ In search of truth

प्रथम महानगर खुल्ला फुटसल सुरु

पोखरा ।
नेपाल उद्योग तथा ब्यवसायी संघ पोखरा महानगरको आयोजनामा प्रथम महानगर फुटसल प्रतियोगिता शुरु भएको छ । नेपाल उद्योग तथा ब्यवसायी संघ पोखरा महानगर कमिटिले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य गणेशमा गुरुङ, नेपाल उद्योग ब्यवसायी संघका पदाधिकारीहरु, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति,एन्फा कास्की अध्यक्ष उज्वल रजित, प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी, खेलकुद महासंघ गण्डकी प्रदेश अध्यक्ष विष्णु पुन, खेलकुद क्षेत्रीय निर्देशक कृष्ण तिमिल्सीना, खेलकुद जिल्ला कार्यालय प्रमुख डि.वि नेपाली लगाएतको उपस्थिति रहेको थियो ।

नेपाल उद्योग तथा ब्यवसायी संघ पोखरा महानगर अध्यक्ष हरि भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमिटि सचिव हेमराज भण्डारीले गरेका थिए । प्रतियोगितामा १८ टिमको सहभागिता रहेको छ ।

 

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.