www.tandavnews.com
Fact ~ In search of truth

प्रथम महानगर खुल्ला फुटसल प्रतियोगीता २०७९ चाउथे फुटबल क्लबलाई

 पाेखरा
नेपाल उद्योग तथा ब्यवसायी संघले आयोजना गरेको प्रथम महानगर खुल्ला फुटसल प्रतियाेगितामा चाउथे फुटबल क्लब प्रथम भएको छ । नगद रु एक लाख  धन रासीको उक्त प्रतियोगीतामा चाउथे फुटबल क्लबले नदिपुर फुटबल क्लवलाई फाइनलमा ४-० गोल गर्दै विजय हासील गरेको हाे । प्रतियाेगितामा प्रथम भएकाे चाउथे फुटबल क्लबले नगद रु एक लाखसहित ट्रफि र मेडल प्राप्त गरेकाे छ ।

नदिपुर फुटबल क्लब फस्ट रनर अप हुँदै रु ५०  हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्न सफल भएको छ । त्यस्तै वेस्ट पेलेर र बेस्ट गोल किपर चाउथे फुटबल क्लवका रोसन नेपाली र सुदिप सुनारले जितेका छन् भने हाई स्कोर भाइवस वुटवल क्लवका रुविन गुरुङ्गले पाए।

प्रथम महानगर खुल्ला फुटसल प्रतियोगिताको प्रमुख अतिथि माननिय मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए । बिशेष अतिथि प्रदेस सभा सदस्य गणेस मान गुरूङ् लगायत बिभिन्न बडाका वडा अध्यक्ष र जनप्रतिनीधीहरुले सहभागीता जनाएका थिए। तुल बहादुर थापाको सम्योजकतोमा सम्पन्न कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष हरि भजेलले गरेका थिए भने कार्यक्रम संचालन सस्थाका सचिब हेमराज भन्डारीले गरेका थिए।

 

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.