www.tandavnews.com
Fact ~ In search of truth

स्वतन्त्र विद्यार्थी परिषद् पोखरा इन्जिनियरिङमा नेविसंघको प्यानल विजयी

पोखरा ।
स्वतन्त्र विद्यार्थी परिषद् पोखरा इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । परिषद्को हिजाे भएको निर्वाचनमा नेविसंघको प्यानलले सबै पदमा विजयी हासिल गरेको हो ।

परिषद्को सभापतिमा नेविसंघका विराट सिग्देल विजयी भएका छन् । यस्तै, सचिवमा मीलन डुम्रे, कोषाध्यक्षमा कृति वाग्ले विजयी भएका छन् । यसैगरी परिषदको सदस्यमा (प्रत्यक्षतर्फ) सुवासचन्द्र पण्डित, अनिश गिरी, सोभित कार्की, भूमीका छुमी विजयी भए ।

यस्तै, समानुपातिकतर्फबाट सदस्यमा आशिष पाण्डे, सुजन पोखरेल, गौरव गिरी र सुमिता पौडेल विजयी भएको बताइएको छ ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.